+
+
Shares

अमेरिकामै गरियो स्वस्थानी साङ्गे

टेक्सास । अमेरिकाको ड्यालस क्षेत्रमा रहेको हरिहर शक्ति मन्दिरमा स्वस्थानी व्रतकथाको साङ्गे (उद्यापन) पूजा सम्पन्न गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरू हुने स्वस्थानी ब्रत माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते १०:२१

swasthani -1विकास राज न्यौपाने

टेक्सास । अमेरिकाको ड्यालस क्षेत्रमा रहेको हरिहर शक्ति मन्दिरमा स्वस्थानी व्रतकथाको साङ्गे (उद्यापन) पूजा सम्पन्न गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरू हुने स्वस्थानी ब्रत माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ ।

उक्त स्वस्थानी साङ्गेमा  एक सय जना उपस्थित थिए । एक महिनासम्म स्वस्थानी ब्रत बसेका महिलाहरूले संयुक्त रूपमा स्वस्थानी साङ्गे गरेको पण्डित तुलसी राम कंडेलले  जानकारी दिए ।

त्यसैगरी स्थानीय समाजसेवी हरी थापाको घरमा झन्डै ७० जनाको सहभागितामा भजन-कीर्तन कार्यक्रम आयोजना गरिएको थियो । युलेसका विमल श्रेष्ठको घरमा स्थानीय ५० घरका १५० जना समावेस भएको स्वस्थानी साङ्गे कार्यक्रम सम्पन्न गरिएको जानकारी समाजसेवी टीका पौडेलले बताए ।

नेपाली समाज टेक्सस एवं ड्यालस एवरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष तथा एनअारएन अार्इसीसी अमेरिकाका उपाध्यक्ष पदका प्रत्यासीसमेत रहेका राम सी पोखरेलले अफूहरू जहाँ भए पनि यस्ता कार्यक्रमहरुले साँस्कृतिक पहिचान जोगाउने बताए ।

swasthani -2विशेषगरी काठमाडौँको पूर्व–उत्तरी भेग साँखु, शाली नदी, गोकर्ण, पाशुपति आसपास क्षेत्र तथा शिव, पार्वती, गोमा, नवराज, दक्ष प्रजापतिलाई स्वस्थानीको कथा बनाई प्रस्तुत गरिएको कथा मानव समुदायका लागि प्रेरणादायी र शिक्षाप्रद छ ।

हिन्दू धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि पवित्र भई व्रत बस्ने, एक महिनासम्म मध्याह्नमा कथा श्रवण गरी आज १०८ नैवेध, प्रसाद, फूल अक्षता, बेलपत्र, जौ, तील तथा पान, सुपारी सङ्ग्रह गरी साङ्गे गर्ने चलन छ ।

swasthani -3अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा निर्मित स्थानीय नेपाली मन्दिर, नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवनमा पौषशुक्ल पुर्णिमा (जनवरी ४, २०१५) बाट शुरु भइ माघशुक्ल पूर्णिमा (फेब्रुअरी ३ २०१५) दिन समापन हुनुपर्ने स्वस्थानी परमेस्वरी ब्रतकथा हाम्रो धर्म संस्कृति तथा चलनचल्तीको उल्लङ्घन नहुने देश काल र परिस्थितिलाई मध्यनजर गर्दै आँउदो शनिवार,  फेब्रुअरी ७ मा स्वस्थानी परमेश्वरी व्रत पुजा (साङ्गे) गर्न लागिएको पूजा समितिका संयोजक रमेश पोख्रेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?