+
+
Shares

अश्लिल ठट्टा गर्न पाउनुपर्ने आलिया र सोनाक्षीको माग

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते ११:४४

ranbeer-karan-and-arjun
मुम्बई । एक भारतीय समूहले युट्युवमा अपलोड गरेको हास्यब्यङ्ग्य सम्बन्धी कार्यक्रम ‘अल इण्डिया नकआउट रोस्ट सो’बारेको बिबाद छताछुल्ल भएको छ ।

पछिल्लो एक कार्यक्रममा प्रस्तुत गरिएका अश्लिल जोकका कारण अहिले बलिउड उद्योगमा त्यसको पक्ष र बिपक्षमा बिबाद भइरहेको छ ।

निर्देशक करण जोहोरले संचालन गरेको यो कार्यक्रमबारे महाराष्ट्र राज्य सरकारलेसमेत अनुसन्धान थाल्ने बताएपछि अहिले युट्युवबाट भिडियो हटाइएको छ ।

तर, बलिउडका केही युवा पुस्ता कलाकारले त्यस्ता ननभेज जोक प्रसारण गर्न पाउनुपर्ने भन्दै करण जोहरको बचाउ गरेका छन् ।

सोनाक्षी सिन्हाले ट्वीट गर्दै भिडियोलाई भद्दा र अश्लील बताउनेहरुप्रति कटाक्ष गरेकी छिन् । ‘कतिपय टिप्पणी पढ्दा यस्तो लाग्छ के यी मान्छेहरुले कहिल्यै यस्तो भाषा एक पटक पनि सुनेका छैनन् ?’ उनले भनेकी छिन् ‘के कहिल्यै कसैले यस्तो जोक सुनेर हाासेकै छैनन् त ?’

सोनाक्षीले करण जोहरको ओलचना गर्दै ट्वीट गर्नेहरुलाई रिट्वीट गर्दै भनेकी छिन् ‘यदि कसैलाई करणको शो मन पर्दैन भने नहेर्नु होला ।’

अर्की अभिनेत्री आलिया भट्टले आलोचकलाई जवाफ दिंदै भनेकी छिन ‘जिन्दगीलाई यति धेरै गम्भिर रुपमा नलिन म आग्रह गर्छु ।’ आलियाको भनाई अनुसार यस्ता जोक जसले पनि सुन्छन, यो ठुलो कुरै होईन ।

हाास्य समुह एआईवीले बलिउड अभिनेता अर्जुन कपुर र रणबीर कपुरलाई कार्यक्रममा ल्याएको थियो । यो कार्यक्रम अमेरिकी हाास्य कार्यक्रमबाट प्रेरित भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?