Comments Add Comment

दलहरुबीचको सम्बन्ध सुधार्न कांग्रेस एमाले छलफलमा

२३ माघ, काठमाडौं । दलहरुबीचको बिग्रदो वातावरणलाई मिलाउने प्रयास स्वरुप कांग्रेस-एमालेको संयुक्त बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एमाओवादी मोर्चा लगायत असन्तुष्ट दललाई वार्तामा ल्याउन पहल गर्नेबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।

CONGRESS-AND-UMLराष्ट्रपति रामवरण यादवले बुधबार र विहीबार कांग्रेस-एमालेका शीर्ष नेताहरुलाई छुट्टा छुट्टै शितल निवासमा बोलाएर सहमतिको प्रयास जारी राख्न सुझाव दिएका थिए । प्रक्रियाको बिरोध गर्दै एमाओवादी सहित १९ दल संविधानसभा बैठकमा उपस्थित नभएपछि कांग्रेस-एमालेलाई दबाब परेको छ ।

प्रक्रियामा समर्थन गरेको राप्रपा नेपालले पनि कांग्रेस-एमालेको साथ छाडेपछि संविधान लेखन प्रक्रिया कसरी अगाडी बढ्ने भन्नेमा बैठकबाट धारणा बनाउने नेताहरुले जानकारी दिएका छन् ।

एमाओवादी सहितका दलहरु आन्दोलनको कार्यक्रम लिएर गाउँ गैसकेका छन् भने राप्रपा नेपालले पनि आन्दोलन गर्ने चेतावनी दिएपछि संविधानसभामा दलहरुबिच धुबि्रकरण झन् बढेको छ । संविधानसभामा बहुमत एकातिर र बहुदल अर्कोतिर भएपछि अब सहमतिको बिन्दु खोज्नुपर्ने तिर जोड दिदै सत्ता साझेदार २ दलको बैठक बोलाईएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment