Comments Add Comment

आफ्नै इमेल ह्याक भएपछि सोनीकी सहअध्यक्षले राजिनामा दिइन्

soney-sub presedent

हलिउडकी सबैभन्दा शक्तिशाली महिला मध्येकी एक तथा अमेरिकाको चर्चित सोनी पिक्चर कम्पनको सोनी मूभी स्टुडियोकी सह अध्यक्ष एमी पास्कलले पदबाट राजिनामा दिएकी छिन् ।

गएको वर्षको अन्त्यतिर सोनीमाथि भएको साइबर हमलाका क्रममा उनका व्यक्तिगत इमेलहरु सार्वजनिक भएको घटनालाई लिएर पास्कलले राजिनामा दिएको बीबीसीले जनाएको छ ।

सोनीबाट अलग्गिएसँगै पास्कलले अब आफ्नै प्रोडक्सन कम्पनी खोल्नेछिन् जुन आगामी मे महिनाबाट संचालन हुने बताइएको छ ।

सोनीमा भएको साइबर हमलाबाट उनका कतिपय गोप्य, व्यक्तिगत तथा आपत्तिजनक इमेलहरु सार्वजनिक भएसँगै केही गोप्य तथ्यहरुको खुलासा भएपछि उनले सोही बेलानै माफी मागेकी थिइन् ।

उत्तर कोरियाली शासकमा आधारित द इन्टरभ्यू फिल्मको विवादका बीच सोनी कम्पनीमाथि साइबर हमला भएको थियो ।

आफुले आफ्नो व्यवसायिक जिवनको लगभग सबै समय सोनी पिक्चर कम्पनीमा बिताएको र सोही कारण आफु नयाँ अध्याय सुरु गर्न सक्षम भएको भन्दै उनले सोनीलाई आफ्नो घरको संज्ञा दिएकी छिन् ।

सोनीको सहअध्यक्षबाट राजिनामा दिएर अर्को प्रोडक्सन संस्था खोलेपनि पास्कल सोनीबाट अलग भने हुनेछैनिन् । सम्झौता अनुसार उनको प्रोडक्सन कम्पनीमा कम्तिमा आगामी ४ वर्षसम्म सोनीले नै लगानी गर्नेछ र वितरण अधिकार पनि सोनीकै रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment