+
+

बलबहादुरको उपचारार्थ स्पेनमा आर्थिक संकलन 

बार्सिलोना । दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारार्थ कास्की चापाकोट गाविस-१ धर्मडाँडा मार्गी गाऊका बलबहादुर गुरुङको सहयोगको लागि स्पेनमा आर्थिक संकलन कार्य सुरु गरिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते ११:००

Balbahadurबसन्त रानाभाट 

बार्सिलोना । दुवै मृगौला फेल भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारार्थ कास्की चापाकोट गाविस-१ धर्मडाँडा मार्गी गाऊका बलबहादुर गुरुङको सहयोगको लागि स्पेनमा आर्थिक संकलन कार्य सुरु गरिएको छ।

स्पेन निवासी गुरुङका सहोदर भान्जा बेलकाजी गुरुङको पहलमा स्पेनस्थित संघसंस्थाहरुलाई अपिल गर्दै सहयोग जुटाउन लागिएको हो।

गुरुङको तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको चिकित्सक बताउँछन् । करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने हुँदा आर्थिक अभावका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङले उपचारको क्रममा लाखौ रकम खर्च गरिसकेका छन् । गुरुङको परिवारमा श्रीमती,२ छोरा र २ छोरी रहेका छन्।

हरेकको दुःखमा साथ दिँदै आएका स्पेनवासी नेपालीहरुले मामाको जीवनरक्षाको लागि पनि सहयोग गर्नेमा भान्जा बेलकाजी गुरुङ अशावादी छन् । सहयोगका लागि उनले एनआरएनए स्पेन लगायत संघ-संस्थाहरुलाई सहयोगको लागि निवेदन पेश गरेको बताए । अहिले ईच्छुकहरुबाट सहयोग संकलन कार्य शुरु भईसकेको र सस्थागत रुपमा पनि सहयोग आउने अपेक्षा गुरुङ्ले राखेका छन् ।

गुरुङको सहयोगको लागि सहयोग समिति गठन गरि बेलायत, जापान, हङ्कङ् र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्। सहयोग गर्न ईच्छुक दाताहरुले बल बहादुर गुरुङको नबिल बैक पोखराको खाता नम्बर १२१००१७ ५०४ १११ मा जम्मा गर्न सकिने पारिवारिक स्रोतले जनाएको छ। बिहिबारदेखि नै बार्सिलोनामा रकम संकलन शुरु गरेपछि अहिले सम्म २ सय ५७ युरो जम्मा भईसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?