२३ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले अबको ४ महिना भित्र कुनै पनि हालतमा संविधान जारी हुने दावी गरेका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आयोजना गरेको दुईदिने दोस्रो साकोस शिखर गोष्ठी शुक्रबार राजधानीमा उदघाटन गर्दै गौतमले आम नेपाली जनताले अपनत्व महशुस हुने संविधान जारी गर्ने प्रतिवद्धता जनाएका हुन् ।
उनले संविधान निर्माणको कार्य प्रारम्भ भैसकेकोले सबै दलहरुको सहमति भए सहमतिमा र नभए अधिकतम सहमतिमाा संविधान जारी हुने बताए ।
राजनीतिक अन्यौलताका कारण देशमा कलकारखना एवं उद्योग धन्दाहरु राम्रोसंग फस्टाउन नसकेको भन्दै गौतमले संविधान जारी गरी देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनुपर्नेमा जोड दिए ।
देशको अर्थतन्त्रमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आर्थिक र सामाजिक परिवर्तनसंगै उत्पादनमा पनि जोड दिनुपर्ने धारणा राखे ।
प्रतिक्रिया 4