+
+
Shares

डा. भट्टराईले भने- अब जनता चुप लाग्दैनन्

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १५:०८

२३ माघ, पोखरा । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काँग्रेस-एमालेले बलजफ्ती पेलेर पुरानै संविधान ल्याउन खोजे परिवर्तनकारी जनता चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

Babauram-Bhattarai-at-Pokhaशुक्रबार पोखरामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले सत्ता साझेदार दलले परिवर्तनका मुद्दा ओझेलमा पारेकोले आन्दोलनमा जानु परेको बताए ।

भट्टराईले भने, ‘गत कात्तिक १७ गते पुरानै संविधानका अन्तरवस्तुको ९ बँुदे प्रस्ताव पेस गरेपछि मोर्चालाई आन्दोलनमा जान बाध्य पारियो ।’

एउटै जातिको ऐतिहासिक बाहुल्य र थातथलोका आधारमा जातीय पहिचान नमेटियोस् भनेर नै जातिको नाममा प्रदेश नामाकरण गर्न खोजेको भट्टराईले प्रष्ट्याए ।

Krishna-Bahadur-Maharaसहमतिको लागि सडकमा : महरा

यसैबीच एकीकृत नेकपा माओवादीका महासचिब कृष्णबहादुर महराले सहमतिबाट संविधान निर्माणको वातावरण बनाउन आफूहरु सडक आन्दोलनमा आएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ रोल्पाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले १२ बुँदे सम्झौताका सहयात्रीहरुको सहमतिबाट मात्रै संविधान जारी गर्नुपर्ने बताए ।

महराले कांग्रेस-एमालेहरु गणतन्त्र गएजाओस् र राजतन्त्र आए पनि आओस् भन्ने किसिमले गणतन्त्रलाई धरापमा पार्न खोजिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?