Comments Add Comment

यौनधन्दा चलाउने विरुद्ध मानव बेचबिखन मुद्दा

२३ माघ, झापा । होटलमा युवती राखेर यौनधन्दा चलाउने झापा बिर्तामोडका एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध मुद्दा चलाएको छ ।

बिर्तामोडस्थित इलामेली होटलका सञ्चालक वेधनिधि पोखरेललाई प्रहरीले गएराति पक्राउ गरी शुक्रबार मानव बेचबिखनसम्बन्धी मुद्दा चलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।

पोखरेलले लामो समयदेखि होटलमा युवती राखेर यौनधन्दा चलाउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारी आपत्तिजनक अवस्थामा दुई जोडीलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक मुद्दा चलाएको बताएको छ ।

बिर्तामोडका केही होटलमा हुने गरेको यौनधन्दा रोक्न प्रहरीले केही समयदेखि विषेश अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment