२४ माघ, काठमाडौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रश्नावली निर्माण प्रस्ताव समिति पाँच दिने चौतारी भएको बताएका छन् ।
रिपोटर्स क्लवले दलहरुबीच तत्काल संवाद सुरु गर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै उनले प्रश्नावली निर्माण समिति पाँच दिनको चौतारी भएको बताए ।
संविधानसभामा जारी प्रक्रिया नरोकिने दावी गर्दै नेता पौडेलले आफ्नो सहयात्रीलाईसँगै लैजाकै लागि पाँचदिनको समय थपिएको उल्लेख गरे । प्रश्नावली निर्माण प्रस्ताव समिति कुनै पनि हालतमा खारेज नहुने उनको भनाइ थियो ।
पौडेलले विपक्षीहरु वार्तामा आएमा भने आफूहरु सहज बन्न तत्पर रहेको स्पष्ट पारे । १२ बुँदेदेखि विस्तृत शान्ति सम्झौता हुँदै अन्तरिम संविधान र जनआन्दोलनका सहयात्री दलहरु सबै मिलेर नै संविधान बनाउनेे पक्षमा आफूहरु रहेको उनले बताए । माघ ५ गते नै संविधानका विवादित सबै कुराहरु टुंगिसक्दा एमाओवादीले नै किचलो गरेको पौडलको आरोप थियो ।
वार्ताको लागि लिखित आहृवान गरिने
कांग्रेस उपसभापति पौडेलले सहमतिका लागि विपक्षी दलहरुलाई लिखित आहृवान गरिने बताए । विपक्षीसँग वार्ता गर्न आफूहरु तयार रहेकोले प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको लागि लिखित आहृवान गर्न लागेको पनि पौडेलले जानकारी दिए ।
वार्ताका लागि प्रधानमन्त्री कोइरालले पहल जारी राखेको भन्दै पौडेलले वार्ताकै पहलस्वरुप प्रधानमन्त्रीले एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेट गरेको बताए । संघीयता, लोकतन्त्र र गणतन्त्रमा आफूहरुले कसैसँगपनि सम्झौता नगर्ने पौडेलको भनाई थियो ।
प्रतिक्रिया 4