+
+
Shares

गर्भावस्थामा हवाइ यात्रा गर्नु कति सुरक्षित ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २५ गते १०:२०

pregnent

गर्भवती महिलाहरुको लागि हवाइ यात्रा कत्तिको हानिकारक हुन्छ ? कति अवधिको गर्भ रहेका महिलाहरुले हवाइ यात्रा गर्दा असर हुँदैन र कति अवधिपछि गर्भवती महिलाहरु हवाइजहाज नचढ्नु राम्रो हुन्छ ? वैज्ञानिकहरुले महिलाहरुले आफ्नो गर्भावस्थाको ३७ हप्ताभन्दा पहिले हवाइयात्रा गर्नु सुरक्षित हुने तथा यसले आमा र पेटको बच्चामा कुनै असर नपुग्ने बताएका छन् । तर पेटमा जुम्ल्याहा बच्चा रहेका महिलाहरुले भने गर्भ ३२ हप्ताको पुगेदेखि नै हवाइ यात्रा नगर्नु राम्रो हुन्छ ।

बेलायतको रोयल कलेज अफ अब्सटेटि्रसिएन्स एण्ड गाइनोकोलोजिस्टका अनुसार महिलाहरुले कम जोखिमयुक्त गर्भावस्थाको समयमा हवाइ यात्रा बढि खतरापूर्ण नहुने भएपनि हवाइयात्राले धेरथोर साइड इफेक्ट भने पूराएकै हुन्छ ।

त्यसैले गर्भवती महिलाले गर्भ रहेको २८ हप्तापछि देखिन् हवाइ यात्रा गर्नुअगाडि डाक्टरहरु सल्लाह लिनैपर्ने बताइएको छ ।

हवाइ यात्राका क्रममा यात्रीहरुले केही विकिरणको सामना गर्नुपर्ने भएपनि यसले गर्भपात तथा समय अगावै बच्चा जन्मिने जस्ता परिणाम निम्त्याउने कुराको भने कुनै सबूत प्रमाण नभेटिएको वैज्ञानिकहरुको भनाइ छ ।

कलेजका अनुसार हवाइ यात्राका क्रममा हावाको दबाब तथा आद्रता कम हुनुको नकारात्मक असर गर्भको बच्चामा पर्नसक्ने विषयको यथेष्ट प्रमाण समेत छैन ।
अन्तराष्ट्रिय नागरिक उड्ययन संगठनका अनुसार गर्भवती महिलाले हवाइ यात्रा गर्दा उनीहरुलाई वान्ता हुने सम्भावना बढि हुन्छ ।

रोयल कलेज अफ अब्सटेटि्रसिएन्स एण्ड गाइनोकोलोजिस्टले प्रकाशित गरेको गर्भवती महिलाको लागि हवाइ यात्रा निर्देशिकामा ४ घण्टाभन्दा लामो समयको हवाइ यात्राका क्रममा डीप भेट थ्रोम्बोसिस भन्ने समस्या देखिन सकिन्छ जसमा खुट्टा तथा पेल्भिस क्षेत्रमा रगत जम्दछ, यसले गर्भावस्थाको जोखिम झनै बढाउँछ ।

नागरिक उड्ययन संगठनले गर्भवती महिलाहरुलाई हवाइ यात्राका क्रममा खुकुलो पहिरन लगाउन, आरामदायी जुत्ता पहिरिन, जहाजको सिटमा बसिसकेपछि पनि जिउलाई बेलाबेलामा चलाइरहन तथा अलिअलि व्यायाम समेत गरिरहन सुझाव दिने गरेको छ ।
साथै हवाइ यात्राका क्रममा रक्सी तथा धेरै कफी समेत गर्भवती महिलाले नपिउनु उपयुक्त हुन्छ ।
विज्ञहरुका अनुसार रक्तअल्पता भएका, सिकल सेल नामक वंशाणुगत रोग भएका, धेरै खुन बग्ने समस्या भएका तथा मुटु वा फोक्सोका रोगी रहेका गर्भवती महिलाले भने गर्भावस्थामा हवाइ यात्रा गर्न नहुने बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?