Comments Add Comment

कोलम्बियाका गुरिल्लाले बोलायो मिस युनिभर्सलाई

paulina-vega

२५ माघ, काठमाडौं । कोलम्बियाको विद्रोही गुरिल्ला लडाकूले सरकारसँग शान्ति वार्तामा सहयोगका लागि नयाँ मिस युनिभर्स पाउलिन भेगालाई आमन्त्रित गरेको छ ।

विद्रोही लडाकूको संगठन फार्कको वेबसाइटमा प्रकाशित वयानमा मिस युनिभर्स प्रगियोगिता जित्ने क्रममा भेगाले शान्ति वार्तामा सहयोग गर्ने प्रस्ताव स्वीकार गरेको उल्लेख छ ।

बीबीसीका अनुसार कोलम्बियाली नागरिक २२ वर्षीया भेगाले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

५० वर्षदेखि गुरिल्ला संघर्ष गर्दै आएको फार्क विद्रोहीले पछिल्लो दुई वर्षदेखि सरकारसँग वार्ता गरिरहेको छ । दुबै पक्षका प्रतिनिधिबीच क्यूबाको राजधानी हवानमा भइरहेको शान्ति वार्ता अहिलेसम्म ठोस सहमतिमा पुगेको छैन ।

दुवै पक्ष भूमि सुधार लागू गर्न र फार्कलाई औपचारिक राजनीतिमा सहभागी गराउन सहमत भएका छन् । तर, अन्तिम शान्ति सम्झौता हुन सकेको छैन ।

मिस युनिभर्स बनेपछि भेगाले एक अन्तरवार्तामा आफूले कोलम्बियामा शान्ति देख्न चाहेको बताएकी थिइन् ।

फार्क विद्रोहीले जाररी गरेको बयानमा संगठनले भेगाको त्यो चाहनाको स्वागत गर्दै हवानामा आउन आग्रह गरेको हो । उसले भनेको छ-‘हामी तपाईलाई यात्राका लागि आमन्त्रण गर्छौं ताकि शान्ति वार्तामा भएको विकासबारे तपाईलाई जानकारी गराउन सकौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment