२७ माघ काठमाडौं । लगातार तीनदिन स्थिर रहेको अमेरिकी डलरको मुल्य मंगलबार एकैदिन ७५ पैसाले महंगिएको छ ।
मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर ९९ रुपैयाँ १७ पैसामा किन्ने र ९९ रुपैयाँ १७ पैसामा बिक्री गर्ने जनाएको छ ।
शनिबार, आइतबार र सोमबार राष्ट्र बैंकले एक अमेरिकी डलर ९८ रुपैयाँ ४२ पैसामा किनेर ९९ रुपैयाँ २ पैसामा बिक्री गरेको थियो ।
राष्ट्र बैंकले खुल्ला बजारका विनिमयका आधारमा डलरको मुल्य तोक्ने गर्छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मुल्य बढ्दा अर्थतन्त्रलाई घाटा पुग्छ ।
पुसम महिनाभर सय रुपैयाँ माथि रहेको अमेरिकी डलरको भाउ माघ लागेपछि सय रुपैयाँ तल झरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4