Comments Add Comment

मोदीले यसरी उडाएका थिए केजरीवाललाई

२७ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली विभानसभा चुनावमा आम आदमी पार्टी र सो पार्टीका नेता अरविन्द केजरीवाललाई गरेको गालीगलौच यतिबेला भारतीय मिडियाले फेरि स्मरण गरेका छन् । मोदीको प्रहार नेपालका नेता केपी ओलीले प्रयोग गर्ने टुक्काभन्दा कम थिएनन् ।

modi-catun

के भनेका थिए मोदीले ?

१. द्वारको चुनावी र्‍यालीमा– जुन मानिसलाई टेलीभिजनमा आउने शोख छ, त्यो मानिसले सरकार चलाउन सक्दैन ।

२.सोही र्‍यालीमा– दिल्लीमा यस्तो सरकार चाहिन्छ, जो मोदीबाट डराओस्, केन्द्र सरकारबाट डराओस् । जसको केन्द्रसँग कुनै परवाह छैन, त्यसले कसरी सरकार चलाउन सक्छ ?

३. उही र्‍यालीमा – मेरो सरकार बनेपछि नै पेट्रोल र डिजलको भाऊ घट्यो । मानिसहरु भन्छन्, यो त मोदीको भाग्य हो, यसमा नराम्रो के छ ?

४. शाहदाराको चुनावी र्‍यालीमा– गत वर्ष तपाईहरुले जसलाई भोट दिनुभयो, त्यसले तपाईहरुको पिठ्युँमा छुरा रोप्यो । तपाईहरुको सपना चकनाचूर भयो । दिल्लीले धोकेवाजलाई भोट दिँदैन ।

५. रामलीला मैदानमा– हामीलाई यहाँ विकास चाहिन्छ, अराजकता होइन । उनको मास्टरी धर्ना गर्नमा छ, हाम्रो मास्टरी सरकार चलाउनेमा छ ।

६. सर्वेक्षणबारे – हिन्दुस्तानमा मानिसलाई गुमराहमा पार्नका लागि कस्ता कस्ता कन्सपाइरेसी गरिन्छ । अघिल्लो विधानसभा चुनावमा छाती तन्काएर केही बाजारु मानिसहरु सर्वे घोषित गर्थे र ५० सिट दिन्थे । अखबारहरु निकालेर हेर्नुहोस्, त्यसको प्रमाण मिल्नेछ । जब परिणाम आयो, सबैभन्दा ठूलो दल पनि बन्न सकेन ।

७. चुनाबी लगानीबारे–  मलाई त यो कुरामा आश्चर्य छ कि तिनीहरुलाई माहात्मा गान्धी र बाराक ओबामाले चन्दा दिएका छन् ।
बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment