+
+
Shares

आर्यनको आग्रहमा बनेको ‘पुनर्जन्म’, केकी र गजितको भूमिका के ?

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २७ गते १८:५३

aaryan-keki-and-gajit
चलचित्र ‘पुनर्जन्म’को कथावस्तु नायक आर्यन सिग्देललाई कती मन परेको रहेछ भन्ने पुष्टी स्वयंम उनले गरेका छन् । करिब ४५ मिनेटको लघु चलचित्र बनाएर विदेश फिल्म फेस्टिबलमा लैजाने तयारी गरेका यसका निर्माता मोहनकुष्ण श्रेष्ठ र निर्देशक सजन श्रेष्ठले नायक आर्यन सिग्देलको आग्रहमा नै यसलाई चलचित्र बनाएका थिए ।

आर्यनले आज आयोजना भएको पत्रकार सम्मेलनमा भने-‘सजन र मोहनजी म भएको ठाउँमा ४५ मिनेट लामो चलचित्र बनाउने भनेर आउनु भएको थियो, मैले कथावस्तु मन परेकाले फिचर चलचित्र बनाउँ भनेको हुँ ।’

उनले अबको दश बर्ष पछाडिको पुस्ताले पनि गर्व  गर्न लायक चलचित्र बनेको दोहोर्‍याए । यो चलचित्रमा आर्यन सिग्देल आर्मीको अफिसर्सको भूमिकामा देखिएका छन् ।

निर्देशक सजन श्रेष्ठले यो चलचित्रको कथावस्तुलाई कलात्मक साथै व्यवसायिक पनि बनाउन सकिने भएकाले फिचरमा ढालिएको बताए । निर्माता मोहनकृष्णले चलचित्रलाई दुई सिपाहीको सत्य घटनामा आधारित चलचित्र बने ।

चलचित्रमा आर्यनका अलवा केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाहीको मुख्य भूमिका छ । नायक गजित बिष्टले ‘पुनर्जन्म’ले एक सिपाहीको श्रीमान् र श्रीमतीको भावनालाई चलचित्रले समावेश गरेको बताए । एम के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा शिव ढकाल र नवराजकृष्ण थापाको छायांकन, वसन्त सापकोटा र जयन्त शर्माको संगीत छ । चलचित्र फागुन २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?