२७ माघ, काठमाडौं । सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भीक छनोट चरणमा नेपालले भारतको सामना गर्ने भएको छ ।
नेपालसहितका एसियाली १२ देशको ‘ड्र’ एएफसी हाउसमा गरिएको थियो, जसमा नेपालले बलियो प्रतिद्वन्द्वी भारत पाएको छ ।
होम एण्ड अवे प्रणालीमा हुने खेल अनुसार पहिलो लेग भारतमा हुनेछ । तर, स्थान भने तय भएको छैन । अर्को खेल नेपालमा हुनेछ ।
छनोट चरणमा श्रीलंका र भुटान, चाइनिज ताइपेइ र ब्रनाई, कम्बोडिया र मकाउ, यमन र पाकिस्तान तथा पूर्वी टिमोर र मंगोलिया भिड्नेछ ।
पहिलो लेग आगामी मार्च १२ मा हुनेछ भने दोस्रो लेग मार्च १७ मा हुनेछ । छ टोली दोस्रो चरणमा जानेछन् ।
४८ खेलाडीलाई प्रशिक्षणमा बोलायो
यसैबीच अखिल नेपाल फुटबल महासंघ एन्फाले ४८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
जसमा मनाङका १० खेलाडी छन् भने आर्मीका ७, थ्रीस्टारका ११, एपीएफका तीन, झापा ११ का चार, पुलिसका सात, सुदूरपश्चिमका तीन, लुम्बिनीका एक छन् । यस्तै विमल घर्ती मगर र रोहित चन्दलाई पनि प्रशिक्षणमा बोलाइएको छ ।
प्रतिक्रिया 4