+
+
Shares

एन्ड्रोइड फोनको बिक्री पहिलोपटक घट्यो, ९३ प्रतिशत नाफा एप्पलको कब्जामा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते ९:१०

Lumia

पछिल्ला केही बर्षदेखि बिश्व स्मार्टफोन बजारमा एकछत्र राज गरिरहेको छ एन्ड्रोइड अपरेटिङ सिस्टमले । गत बर्षमात्र बिश्वभर करिव एक अर्ब एन्ड्रोइड फोन बिक्रि भएको तथ्याङ्क छ ।

एन्ड्रोइडसँग प्रतिस्पर्धा गरिरहेको एप्पलले संख्यात्मक भन्दा पनि उच्च गुणस्तरका महंगा फोनमा ध्यान केन्द्रीत गरेपछि एन्ड्रोइडको राज अझै निकै बर्ष चल्ने अनुमान गरिएको थियो ।

तर, एन्ड्रोइड स्मार्टफोनको बिक्रि पछिल्लो तीन महिना गिर्दो अबस्थामा रहेको हालै सार्वजनिक भएको एक तथ्याङ्कले खुलासा गरेको छ ।

तथ्याङ्कअनुसार सन् २०१४को अन्तिम तीन महिनामा अघिल्लो त्रैमासको तुलनामा ५ प्रतिशतले एन्ड्रोइड फोनको बिक्रि घटेको छ । अर्थात् अघिल्लो त्रैमासको तुलनामा झण्डै १ करोड २० लाख थान एन्ड्रोइड सेटको बिक्रि घटेको छ ।

तर, यही अबधिमा आइफोनको बिक्रि भने ९० प्रतिशतले बढेको देखिएको छ । विन्डोज फोनको बिक्रि पनि १९ प्रतिशतले बढेको छ ।mobile-phone

आइफोनको बिक्रि मात्र बढेको हैन, उसले कुल मोबाइल बजारमा आम्दानीको हिस्सा पनि निकै बढाएको छ । फोन सेटको संख्या कम भएपनि एप्पलले बिश्वको स्मार्टफोन बजारबाट प्राप्त हुने नाफाको ९३ प्रतिशत कब्जा गरेको छ ।

एन्ड्रोइडको बिक्रिमात्र घटेको छैन, अनधिकृतरुपमा प्रयोग गरिएका एन्ड्रोइड अपरेटिङ सिस्टमका कारण पनि गुगगले आफ्नो बजार गुमाइरहेको छ । कपि गरिएका एन्ड्रोइडको प्रयोग निकै बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?