+
+
Shares

भैरहवामा महिन्द्रा सेन्टुरोको आर्कषण बढ्दै

२८ माघ, भैरहवा । दुई वर्ष अगाडि नेपालमा लञ्च भएको महिन्द्रा कम्पनीको टु व्हिलर्सको सेन्टुरो मोटरसाइकलको भैरहवामा आर्कषण बढेको छ ।

कम्पनीले युवापिढीलाई लक्षित गरी बनाएको सेन्टुरो मोटरसाइकलका विशेषताहरु लाभदायक रहेको पाइएपछि भैरहवामा धमाधम मोटरसाइकलको विक्री बढेसँगै आर्कषण बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते ८:३५

सलमान खान
२८ माघ, भैरहवा । दुई वर्ष अगाडि नेपालमा लञ्च भएको महिन्द्रा कम्पनीको टु व्हिलर्सको सेन्टुरो मोटरसाइकलको भैरहवामा आर्कषण बढेको छ ।

Motorcycle

कम्पनीले युवापिढीलाई लक्षित गरी बनाएको सेन्टुरो मोटरसाइकलका विशेषताहरु लाभदायक रहेको पाइएपछि भैरहवामा धमाधम मोटरसाइकलको विक्री बढेसँगै आर्कषण बढेको हो ।

महिन्द्रा टु व्हिलर्सले सेन्टुरो मोडेलमा रहेको विशेषता नेपालमा रहेको अन्य कुनै मोटरसाइकलमा नरहेको भैरहवामा महिन्द्रा टु व्हिलर्स कम्पनीको अधिकारीक बिक्रेता वारिस अटोमोबाइल्सले दावी गरेको छ ।

सेन्टुरोमा एन्टी थेप्ट, सर्भिस रिमाइन्डर, रिर्सभ लागेमा कति किलोमिटर गुड्ने लगायतका विशेषताहरु रहेको र यस्ता विशेषता नेपालको अन्य कुनै मोटरसाइकलमा नरहेको वारिस अटोमोबाइल्सका संचालक इरफान वारिसले बताए ।

गोल्डेन रिब्स-मस्कुलर डिजाइन, शक्तिशाली इन्जिन, सुरक्षित यात्राका लागि फराकिलो पछाडिको टायर, आकर्षक डिजाइन, १२.७ लिटर क्षमताको पेट्रोल ट्याङकीले सजिएको सेन्टुरोले उपभोक्ताहरुको मन जित्न सफल भएको संचालक वारिसले बताए ।

‘बजारमा सेन्टुरो मोटरसाइकल दुईवटा मोेडल डिजिटल र नन डिजिटलमा उपलब्ध रहेको छ’ संचालक वारिसले अनलाइनखबरसगँ भने ‘यहाँबाट जुनसुकै मोडेलको टु व्हिलर्स खरिद गर्दा ७ हजार रुपैयाँको नगद छुट रहेको छ ।’

यसैबीच वारिस अटोमोबाइल्सले भैरहवा क्षेत्रमा तिन दिन सम्म सेन्टुरो मोडलको रोड सो समेत सुरु गरेको जनाएको छ ।

भैरहवामा महिन्द्रा कम्पनीको टु व्हिलर्सको सेन्टुरो मोडलको मोटरसाइकल विक्री गर्नुका साथै महिन्द्राकै गुस्टो, रोडियो र युजेडवो नामक मोडलको स्कुटी पनि विक्री वितरण गर्दै आइरहेको वारिस अटोमोबाइल्सले जनाएको छ ।

१ सय १० सिसिको मोटरसाइकल रहेको सेन्टुरो एक लिटरमा ६० किलोमिटर गुड्ने गरेको अटोमोबाइल्सले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?