+
+
Shares

युवा पुरस्कार त्रिपाठी, जिसी र प्रधानलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २८ गते ८:४२

२८ माघ, काठमाडौं । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्दै आएको नारायणगोपाल युवा सङ्गीत पुरस्कार-२०७१ माण्डवी त्रिपाठीलाई तथा अरनिको युवा कला पुरस्कार-२०७१ गणेशकुमार जिसी र रोशन प्रधानलाई प्रदान गरिएको छ ।

कोषले राजाधनीमा आयोजना गरेको कार्यक्रममा गायिका त्रिपाठीलाई ४० हजार रुपैयाँ तथा  जिसी र प्रधानलाई जनही २५-२५ हजार रुपैयाँ तथा स्वर्णपदक प्रदान गरियो । थुपैै्र कलाकारलाई प्रदान गरिसकेको सङ्गीत पुरस्कारको स्थापना २०४८ मा र कला पुरस्कारको २०५७ सालमा स्थापना भएको हो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाटय प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्तले सो पुरस्कारबाट अन्य युवा आफ्नो क्षेत्रमा मेहनत गर्न थप प्रोत्साहन मिल्ने बताए ।

सम्मानित गायिका त्रिपाठीले गीत सुनाएकी थिइन भने जिसी र प्रधानले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको र आगामी दिनमा आफ्नो क्षेत्रमा अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?