२८ माघ, काठमाडौं । आप्रवासीहरु बोकेको डुंगा भूमध्यसागरमा डुब्दा २ सय जना भन्दा बढीको ज्यान गएको छ ।
गएको शनिवार लिबियाको तटिय क्षेत्रबाट युरोप छिर्न चाहने आप्रवासीहरु बोकेर हिँडेका दुईवटा मोटरबोट इटालीको लाम्पेडुसा टापु नजिकैको समुद्रको छालमा असन्तुलित भई भूमध्यसागरमा डुब्दा २ सय ३ जनाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा परेका ९ जनालाई भने ४ दिनको अथक प्रयासपछि जिवितै उद्दार गर्न सफल भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्चायुक्तको कार्यालयकी प्रवक्ता कार्लोट्टा सामीले बताएकी छिन् । सामीले यो दुर्घटनालाई त्रासदीपूर्ण र दुःखद भनेकी छिन् ।
दुबै डुंगामा १-१ सय जना भन्दा बढि मानिस चढेका थिए ।
जिवितै उद्धार गरिएका नौं जना मानिसहरु सबै फ्रेन्च भाषा बोल्ने र उनीहरु पश्चिम अफि्रकाको भएको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4