+
+

नेपाली कलाकारः उहिले थिए जोडी ढुकुर, अहिले बने दुई किनारा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १०:०७

काठमाडौं । भनिन्छ, सम्बन्ध जोड्न र टुटाउन माहिर हुन्छन् कलाकार । धेरै कलाकारको त रियल लाइफ पनि ‘रिल लाईफ’ कै नियति भोगेका छन् प्रेमको मामलामा ।

प्रेम गर्दा सँगै मर्ने र बाँच्ने कसम खाएका जोडीहरुको सम्बन्ध समेत सिसा फुटे जसरी टुक्रिएको छ, कहिल्यै नजोडिने गरी । केही नेपाली कलाकार यस्ता छन, जसले आफ्नो प्रेमलाई साकार पार्न सकेनन् । प्रेम यात्रामा बियोगको सामना गर्नुपरेका केही कलाकारको नालीबेली-

श्याम-रञ्जना
श्याम-रञ्जना

श्याम-रञ्जना : निर्देशक श्याम भट्टराई जीवनमा एउटै युवतिसँग दुईपटक बिबाह गर्ने निर्देशकका रुपमा चिनिन्छन् ।

टेलिश्रृङ्खला ‘गहना’मा काम गर्दा नायिका रञ्जना शर्मासँग प्रेम गरेका श्यामले अर्को सिरियल ‘जानकी’ सुटिङ गर्दा सुटिङ स्पटमै बिबाह गरे ।

बिबाह सुटिङ स्पटमै गरेको भए पनि विधि पुर्‍याएर गरेका थिए उनले । उनलाई लागेको थियो- विधिपूर्वक गरेको बिबाह टिकाउ हुन्छ ।

तर, उनको बैबाहिक जीवन सोँचेजस्तो भएन । श्रीमान श्रीमतीको सम्बन्ध सुरुवात गरेको तीन महिनामै मनमुटाव सुरु भयो । त्यसपछिको केही महिना बोलचाल बन्द गरेर एउटै कोठामा बसे । नबोली-नबोली एउटै कोठामा कतिन्जेल टिकाउने सम्बन्ध ? असम्भव भएपछि रञ्जना माईतीमा आश्रय लिन पुगिन् । श्यामले स्वतन्त्र भएको महसुस् गरे ।

अर्को तीन महिनापछि एक अर्काको अभाव महसुस् हुन थाल्यो । एसएमएफवाट कुराकानी प्रारम्भ भयो । श्याम भन्छन ‘छुटि्टएको तीन महिनापछि एक दिन बेलुका एसएफएस गरेको थिएँ, उसले पनि न्यासि्रएको भावमा रिप्लाई गरी ।’

त्यसपछि भेटेनन् मात्रै । अब कहिल्यै नराम्रो नगर्ने सहमति गरे र संगै बस्ने निधो गरे । श्यामको भनाईमा उनीहरुको दोस्रो बिहे थियो त्यसबेला ।

दोस्रोपटक मिलेपछि श्यामकै सहयोगमा अमेरिका गईन् रञ्जना । अमेरिका जाँदा श्यामले पनि राम्रै सहयोग गरे । अमेरिका गएको केहीसमयसम्म राम्रै कुराकानी पनि हुन्थ्यो ।

जतिवेला रञ्जना अमेरिका गएकी थिईन् सित्तैमा टेलिफोन गर्ने सुविधा फेशबुक र भाईबरमा थिएन । साईबर गई-गई कुरा गर्थे श्याम । अहिले हातमै भएको मोबाईलमा विना पैसा फोन गर्न सम्भव छ तर, सम्पर्कै हुँदैन । उनीहरुको सम्बन्ध यतिबेला कानुनीरुपमा मात्र श्रीमानश्रीमतीको छ । ब्यबहारिकरुपमा छुटिइसके ।

रेखा-छवि
रेखा-छवि

रेखा-छवि : नायिका रेखा थापा र निर्माता छवि ओझाको प्रेम सम्बन्ध पनि अनौठो मानिन्थ्यो कुनैबेला । हरेक वर्ष भ्यालेन्टाईन डे को आसपासमा रेखाले छविलाई चुम्बन गरेको दृष्य सहितको समाचार धेरै पत्रिकामा छापिए ।

तत्कालीन समयमा रेखा छविलाई सर्वोत्कृष्ट पुरुषको दर्जा दिन्थिन् भने छविले पनि रेखालाई उत्तिकै सम्मान गरेको जनाउ दिन्थे ।

तर, अहिले उनीहरु छुटि्ईसकेका छन् । दश वर्षसम्म सँगै बसेका छवि र रेखा अहिले आ-आफ्नै बाटो लागिसकेका छन् । उनीहरुको पुर्नमिलन लगभग असम्भव छ ।

भुवन-सुस्मिता : भुवन केसी र सुस्मिता केसीको प्रेमलाई पनि उदहारणीय मान्थे चलचित्रकर्मीहरु । मिल्दा उनीहरुले एउटै फिल्म खेले, एउटै फिल्ममा लगानी गरे भने एक अर्काको ब्यापारिक साझेदारी पनि बने ।

तर, अहिले दुबै एकअर्काको नाम लिनै चाहँदैनन् । कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका भुवन र सुस्मिताको टेलिफोनमा कुराकानी समेत हुँदैन अहिले ।

भुवन-सुस्मिता
भुवन-सुस्मिता

पूजा चन्द-सुरज चन्द : कलेज पढ्दा पढ्दै भागेर प्रेम बिबाह गरेका थिए पूजा चन्द र सुरज चन्दले । बिहे गर्ने बेला पूजा भर्खरै फिल्ममा प्रवेश गरेकी थिईन् भने सुरज प्राविधिक थिए ।
केही चलचित्रमा काम गर्ने क्रममा उनीहरुको भेटघाट भएको थियो भने, त्यहि भेटघाटलाई बिबाह गरेर औपचारिकता दिने काम गरेका थिए ।

तर,अहिले दुबैले दास्रो बिबाह गरेका छन् । सुरजसँग सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी पूजाले अमेरिकामै राजु लामासँग घरजम गरेकी छन् भने, सुरजले पनि अर्की मोडलसंग लगन गाँठो कसेका छन् ।

धिरज राई -छुल्ठिङ तामाङ : अहिले धिरज राईको नामै सुन्न नचाहने छुल्ठिङ तामाङ कुनै बेला धिरज राईको असली फ्यान थिईन् ।

धिरजको कन्सर्ट छ भन्ने थाह पाएपछि धरानदेखि काठमाडौसम्म पुग्थिन् छुल्ठिङ । आफुलाई त्यसरी पछ्याएको थाह पाएपछि धिरज आफैले छुल्ठिङलाई भने ‘तिमी र म बिहे गरौं ।’

छुल्ठिङले सिधै हुन्छ भनिन् । बिबाहको चार वर्षसम्म एक अर्कालाई असाध्यै माया गर्ने यो जोडीले पाँचौ वर्षमा नमिठो निर्णय गरे-सम्बन्ध बिच्छेदको ।

अहिले छुट्टा छुट्टै बस्न थालेका धिरज र छल्ठिङ पनि एक अर्काको नाम सुन्न गार्‍हो मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?