+
+
Shares

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

साथै उनले नेपाली जनताको दुःखमा भुटानको साथ रहेको बताए । उनले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टे हुने आशा समेत व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच साइडलाइन भेटवार्ता भएको छ।
  • तोब्गेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टै हुने आशा गरेका थिए।
  • खनालले बाढीलगत्तै सहयोग गरेकोमा भुटान सरकारप्रति आभार व्यक्त गर्दै व्यापार, उड्डयन र अन्य क्षेत्रमा द्विपक्षीय सहयोग विस्तारबारे छलफल गरेका छन्।

६ असोज, काठमाडौं । अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको साइडलाइन वार्ता भएको हो ।

भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे ।

साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको उनले बताएका थिए । उनले प्रभावित क्षेत्रको पुनर्निर्माण छिट्टे हुने आशा समेत व्यक्त गरे ।

बाढीलगत्तै प्रदान गरिएको उदार सहयोगका लागि परराष्ट्रमन्त्री खनालले भुटान सरकारप्रति आभार व्यक्त गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले भुटानको सहयोगका लागि नेपाल सरकार र जनताले उच्च कदर गरेको स्मरण समेत गराए ।

साथै, व्यापार, उड्डयन र अन्य पारस्परिक हितका क्षेत्रमा सहयोग विस्तारलगायत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?