+
+

लोकसेवा आयोगका पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषदको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते ९:३३

२९ माघ, काठमाडौं । संवैधानिक परिषदको बैठक बिहीबार बस्दैछ । लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री सुशील कोइरालाले साँझ ५ बजे सिंहदरबारमा बैठक बोलाएका हुन् । लोकसेवा आयोगमा पाँच पदाधिकारी हुनुपर्नेमा हाल दुई पद रिक्त छन् । अध्यक्ष कयोदेवी यमी, सदस्यद्वय टिकादत्त निरौला र राजेन्द्र प्रसाद साहको पदावधि पनि फागुन ४ गते सकिँदै छ ।

परिषदको सिफारिस, संसदीय सुनुवाई लगायतका प्रक्रिया पूरा गर्दा नियुक्ति हुन कम्तिमा १५ दिन लाग्दछ । तर, दलीय भागबण्डाको विवादले परिषदले पदाधिकारी सिफारिस गर्न ढिलाइ गरेको छ ।

लोकसेवा आयोग पदाधिकारी विहीन भए कर्मचारीको नयाँ नियुक्ति, सरुवा बढुवा लगायतका प्रक्रिया अबरुद्ध हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?