+
+
Shares

तीन दिनमा ८९ पैसाले बढ्यो डलरको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते ११:००

dollar4२९ माघ काठमाडौं । अमेरीकी डलरको तीन दिनदेखि लगातार बढेर सय रुपैयाँ नजिक पुगेको छ । बुधबारको तुलनामा प्रतिएक अमेरिकी डलर ११ पैसाले बढेको हो ।

बिहीबारका लागि नेपाल राष्ट्र बैंकले प्रतिडलर ९९ रुपैयाँ ३१ पैसामा किनेर ९९ रुपैयाँ ९१ पैसामा बिक्री गर्ने जनाएको छ । बुधबार ९९ रुपैयाँ २० पैसामा किनेर ९९ रुपैयाँ ७७ पैसामा बिक्री गरेको थियो ।

मंगलबार राष्ट्र बैंकले ९९ रुपैयाँ १७ पैसामा किनेर ९९ रुपैयाँ ७७ पैसामा बेचेको थियो भने सोमबार ९८ रुपैयाँ ४२ पैसामा किनेर ९९ रुपैयाँ २ पैसामा बिक्री गरेको थियो ।

पुस महिनाभर सय रुपैयाँ माथि रहेको डलरको भाउ माघ लागेदेखि घटेर ९७ रुपैयाँसम्म झरेको थियो । तर, माघको अन्तिममा फेरि बढेको छ । अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेपछि नेपालमा पनि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?