Comments Add Comment

गुजरातमा आफ्नै मन्दिर बनेपछि मोदी ‘स्तब्ध’

modi२९ माघ, काठमाडौं । गुजरातको राजकोटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्दिर बनेको छ । तर, यो खबरमा स्वयंम मोदी भने स्तब्ध भएका छन् ।

मोदीले ट्वीटमा आफ्नो मन्दिर बनेको खबरमा आफू स्तब्ध भएको बताएका छन् । साथै उनले यसलाई भारतको महान परम्पराविरुद्ध भनेका छन् ।

भारतीय प्रधानमन्त्रीले यसो नगर्नसमेत अपील गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय जनता पार्टीका केही समर्थकले राजकोटमा मोदीको मन्दिर बनाएका हुन् । त्यहाँ मोदीको प्रतिमा राखिनेछ ।

ओम युवा समूहका अध्यक्ष शंकर पटेलका अनुसार १५ फेब्रुअरीमा प्रतिमा स्थापना गरिनेछ । उक्त दिन सामूहिक विवाह समारोह पनि छ । ‘यो ठाउँमा हामीले मोदीको चित्र राखेर ११ वर्षदेखि पूजा गर्दै आएका छौं, अहिले हामीले प्रतिमा बनाएका हौं’ ओम युवा समूहका अध्यक्ष शंकर पटेलले इण्डियन एक्सप्रेससँग भने ।

मन्दिर नजिकै पान र चिया पसल चलाउने शंकर पटेलले बताए । उनका अनुसार ढुंगाबाट बनेको मोदीको प्रतिमा ऊडिसामा बनाइएको हो । उसका लागि एक लाख ७० हजार भारु खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment