+
+
Shares

अर्थमन्त्री महतले गरे जापानिज सडक सुरुङ प्रविधिको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १६:३६
Aarthamantri dr ramsharan mahat
अर्थमन्त्री महत र जापानका अर्थराज्यमन्त्री इशु सुगावारा भेटवार्ता क्रममा

२९ माघ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडकको अवलोकन गरेका छन । उनले ४.५ किलोमिटर लामो सुरुङमार्ग र त्यसमा प्रयोग भएको प्रविधिको अवलोकन गरेका हुन ।

जापानमा यस्ता सुरुङमार्ग करिब १० हजार छन । नेपालको नागढुंगामा यस्तै सुरुङमार्ग निर्माण हुन लागेको र यहाँको भौगोलिक अवस्थिति मिल्दोजूल्दो भएकोले मन्त्री महतले तारुताउज सुरुङ सडकको अवलोकन गरेका हुन । नेपालको सडक विकासमा जापानी सुरुङ प्रविधि भित्र्याउन उद्देश्यले अर्थमन्त्री महत अवलोकनका लागि जापान गएका थिए ।

Aarthamantri

फोटोः अर्थमन्त्री महतको ट्विटरबाट

सोही अवसरमा अर्थमन्त्री महत र जापानका अर्थराज्यमन्त्री इशु सुगावाराबीच भेटवार्तासमेत भएको छ भेटमा महतले तनहुँ जलविद्युत आयोजनाका लागि जापानले गरेको सहयोगको लागि कृतज्ञता प्रकट गरे । उक्त आयोजना निर्बाध सञ्चालनमा आउने र समयमै निर्माण कार्य पूरा हुने विश्वास दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?