+
+

अब टि्वटरमा महाभारत

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १ गते १०:२७

twitter
हिन्दुहरुको धार्मिक ग्रन्थ महाभारतको कथा जनमानसमा लोकपि्रय छ । महाभारतका विषयमा फिल्म, टेलिफिल्महरु प्रसस्तै बनेका छन् भारतमा । तर अब भने महाभारत टि्वटरमा समेत उपलब्ध भएको छ । अब टि्वटरबाटै महाभारतको कथा पढ्न सम्भव भएको छ ।

बेलायती निवासी भारतीय प्राध्यापक डाक्टर चिन्दु श्रीधरणले महाभारतलाई टि्वटरमा उतारेका हुन् ।

डाक्टर श्रीधरणले @epicretold शीर्षकको टि्वटर ह्याण्डिलबाट महाभारतको कथालाई टि्वटरमा लिपिबद्ध गर्ने कामको सुरुवात सन् २००९ मै सुरु गरेका थिए र चार वर्ष लगाएर अहिले सो काम सम्पन्न गरेका छन् ।

बेलायतको बर्नमथ विश्वविद्यालयका मिडिया तथा संचार विभागका प्राध्यापक श्रीधरण युद्ध अध्ययनका विज्ञ हुन् । महाभारतलाई समेत उनले युद्धकथाको रुपमा हेरेका छन् ।

१६ सय ५ दिनमा लेखेर पूरा गरेको महाभारतलाई उनले २६ सय २८ टि्वट्समा पूरा गरेका छन् । अब यसलाई इपिक रिटोल्ड नामबाट पुस्तकका रुपमा प्रकाशित गर्ने उनको योजना छ ।

जापानी लेखकबाट प्रेरणा

डाक्टर श्रीधरणका अनुसार जापानमा एसएमएसका माध्यमबाट लेखिएको एक उपन्यासका कारण उनलाई टि्वटरमा महाभारत लेख्ने प्रेरणा मिलेको हेा । योशी नामका एक जापानीले सन् २००३ मा डिप लभ नामको प्रेमकथा उपन्यास एसएमएसको माध्यमबाट लेखेका थिए ।

निकै लामो ग्रन्थ महाभारत टि्वटरमा उतार्न सकिनेमा उनलाई सुरुमा त आशंका थियो । तर उनले आँटे र पूरा गरिछाडे । उनी भन्छन्, ‘यो टि्वटरको क्षमता जाँच्ने एक प्रयोग पनि थियो । टि्वटरमा हामी निकै सिमित शव्दमा आफ्ना कुरा गर्न सक्छौँ । मलाई लाग्यो की महाभारत जस्तो लामो कहानीलाई १ सय ४० अक्षरको टि्वटको सिमामा व्यक्त गर्नु अवश्य पनि सजिलो हुनेछैन, तर गरी हेरुँ । यहीँ प्रकारले मैले सन् २००९ मा यसको सुरुवात गरेँ ।’

भीमको नजर

डाक्टर श्रीधरणले पहिले धेरै पुस्तकहरुको अध्ययन गरे र भीमको नजरबाट महाभारतको कथा लेख्न सुरु गरे । युद्धकथाका पारखी श्रीधरण भन्छन्, ‘भीम यो युद्धका एकजना यस्ता नायक हुन् जो आफ्नो चाहना नहुँदा पनि युद्धमा सहभागी हुन्छन् । उनले सबै गुमाउँछन् र फेरि त्यसलाई प्राप्त गर्छन् । तर अन्तमा उनलाई महसुस हुन्छ की साँच्चीकै उनले सबै चिज गुमाइसकेका छन् ।

यसका साथै यो कथा महाभारतकी अर्की पात्र हिडिम्बीमा समेत केन्द्रित छ । किनकी भीमले जे गरेका हुन्छन् त्यो हिडिम्बी प्रति उनको प्रेमबाट प्रेरित भएर गरिएको हुन्छ ।’

श्रीधरणले टि्वटरमा राखेको महाभारतमा मूल महाभारतको कथामा केही परिवर्तन समेत गरेर आफ्नो ढंगले व्याख्या गरेका छन् । यसले कथालाई रोचक बनाएको र टि्वटरका पाठकले यसलाई रुचाएको उनको भनाइ छ । – बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?