२ फागुन, चितवन । सुनचाँदी व्यवसायी महासङ्घको राष्ट्रिय सम्मेलन छबुँदे सौराहा घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
सम्मेलनले २०३९ सालमा बनेको पुरानो आचारसंहितालाई परिमार्जन गरी एक महिनाभित्रमा नयाँ आचारसंहिता निर्माण गर्ने निष्कर्ष निकालेको महासङ्घका महासचिव डिएसरत्न शाक्यले जानकारी दिए । सम्मेलनले सुनचाँदी व्यवसायलाई समयानुकूल परिमार्जन गर्दै निर्देशिका जारी गर्न दबाब दिने निष्कर्षसमेत निकालेको छ ।
आज जारी सौराहा घोषणापत्रमा सुनचाँदीको नीति र निर्देशिका जारी गर्न सरकारलाई सहयोग गर्ने, विगतको सुन वितरण प्रणाली प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली लागू गर्ने, सुनचाँदी एकठाउँबाट अर्को ठाउँमा लैजाँदा हुने धरपकटलाई निरुत्साहित गर्नेलगायत उल्लेख छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4