+
+

१६ जीबीको आइफोन अब काम नलाग्ने भो

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ४ गते १०:१७

iphone_6-1
यदि तपाईं १६ जीवी क्षमताको आइफोन किन्ने धुनमा हुनुहुन्छ भने तपाईँलाई दुखद् खवर छ । मूल्य सस्तो पर्ने भएका कारण धेरैजसो कम बजेटवाला प्रयोगकर्ताले १६ जीबीको आइफोन ६ वा ६ प्लस किन्न खोज्छन् । तर, एप्पलको पछिल्लो नीतिगत परिर्वतनका कारण अब १६ जीबीको आइफोन किन्नु मुर्खतामात्र हुने छ ।

हालै एप्पलले एप्स स्टोरमा अपलोड गर्ने एपको साइज २ जीवीबाट बढाएर ४ जीबी पुर्‍याएको छ । यसको मतलव अब तपाईले आइफोनमा डाउनलोड गर्ने एपको साइज अधिकतम ४ जीबीसम्मका हुनेछन् ।

यसै त १६ जीबी क्षमताको भनिएको आइफोनमा १२ जीबीभन्दा धेरै साइजका फाइल स्टोर गर्न सकिन्न । त्यसमाथि एपको साइज बढ्ने भएपछि अब तपाईले धेरै ग्राफिक प्रयोग भएका गेम एपहरु आइफोनमा डाउनलोड गर्न सक्नुहुन्न ।

सन् २००७ मा एप स्टोर सार्वजनिक हुँदादेखि नै एपको साइज अधिकतम २ जीवीमात्र तोकिएको थियो । तर, पछिल्लोपटक धेरै रिजुलेसन भएका आइफोन सिक्स र सिक्स प्लस सार्वजनिक भएपछि एप बिकाशकर्ताले एपसाइज बढाउन सुझाव दिइरहेका थिए । एन्ड्रोइडले सन् २०१२ मै एपको साइज क्षमता ४ जीवी पुर्‍याइसकेको थियो, जसले गर्दा धेरै ग्राफिक हुने गेम एपहरु एन्ड्रोइडमा केन्द्रित थिए ।

आफ्नो बजार रक्षाका लागि एप्पलको पछिल्लो कदम समयानुकुल नै भए पनि १६ जीवीको आइफोन किन्ने प्रयोगकर्ता भने मारमा पर्नेछन् । त्यसैले अब १६ जीवीको आइफोन प्रयोगकर्ताहरु अब ६४ जीवी क्षमतातिर लाग्नु उचित हुनेछ । जसले गर्दा तपाईं उच्च क्षमताका गेम खेल्न, आइफोनमा फिल्म स्टोर गर्न र आफैले खिचेका भिडियो स्टोर गर्न सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?