Comments Add Comment

बजाजको २४सै घण्टा हेल्पलाइन सेवा

Bajaj-bikes-logo४ फागुन, काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच बजाजले चौबिसै घण्टा सर्भिसिङ सेवा प्रदान गर्ने उद्देश्यले बजाज २४*७ हेल्पाइन सेवा सुरु गरेको छ ।

बजाज मोटरसाइकलमा जुनसुकै बेला कुनै पनि समस्या आएमा हेल्पलाइनमा फोन गर्ने वित्तिकै कम्पनीबाट टेक्निकल टिम ग्राहक भएकै ठाउँमा पुगेर समस्या समधान गर्नेछन् ।

यसका लागि ग्राहकहरुले नेपाल टेलिकम प्रयोगकर्ताले टोल फि्र नम्बर १६६००१ ७५५५५ वा एनसेल प्रयोगकर्ताले ९८०१५ ७५५५५ मा कल गर्नुपर्ने हुन्छ ।

बजाज २४*७ सेवाअन्तर्गत ग्राहकले पेट्रोल, टायर फेर्ने, जम्प स्टार्ट गर्नेजस्ता सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्छन् । सबै सेवामा आवश्यक सेवा शुल्क भने ग्राहकले तिर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment