+
+
Shares

आन्दोलनपछि दुई तिहाइको घमण्ड चकनाचुर : महतो

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ४ गते १२:०७

४ फागुन, वीरगञ्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ३० दलीय मोर्चाको आन्दोलनले कांग्रेस-एमालेको दुई तिहाइको घमण्ड चकनाचुर पार्ने दाबी गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

मधेसी पत्रकार समाज पर्साले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले आन्दोलनले सत्तारुढ दललाई सहमतिमा आउन बाध्य पार्ने दाबी गरेका हुन् ।

यही संविधानसभाबाट संविधान

उनले यही संविधानसभाबाट संविधान जारी हुने स्पष्ट पनि पारे ।  सत्तारूढ दलहरूलाई दवाव दिनका लागि आफूहरूले आन्दोलन गर्न परेको जानकारी दिनुभयो ।

‘संविधानसभाको एक वर्षको समय सकिए पनि अझै तीन वर्षको समय बाँकी छ,’ उनले भने, ‘यही संविधानसभाबाट नै संविधान जारी हुन्छ ।’

संविधान जारी गर्नका लागि सडकबाट आफूहरूले दबाब मात्रै सृजना गर्न लागेको अध्यक्ष महतोको भनाइ थियो ।

उनले मधेसमा पहाडी समुदायका पनि बाक्लो उपस्थिति रहेकाले मधेसलाई समुदायको आधारमा टुक्राउन नहुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?