
विदेश पुगेपछि नेपालमा नखुल्ने कलाकार पनि खुबै खुल्छन् । सेक्सी पहिरन लगाउनु उनीहरुका लागि नौलो हुँदैन । एक कार्यक्रमको सिलसिलामा मलेसिया पुगेका हाँस्यकलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौला पनि अहिले हट पोजमा फोटो खिचाउन व्यस्त छन् ।
वालुवामा दीपाले दिपकसँग दिएको हट पोजको तस्बिर अनलाइनखबरलाई प्राप्त भएको छ । यस्तै, स्विमसुटमा नायिका प्रियंका कार्की, दीपाश्री निरौला, लोकगायिका सुनिता दुलाल र गायक शिव परियार पनि मस्ती गर्दैछन् ।

एनसेल टुरका लागि मलेसिया पुगेका यी कलाकारले ३ वटा शहरमा आफ्नो प्रस्तुती दिनेछन् । उनीहरु २२ तारिखमा नेपाल र्फकने कार्यक्रम छ ।
केही दिन अगाडि दीपाले एक पार्लरमा स्पा गर्दै गरेको हट फोटो सार्वजनिक भएको थियो । अहिले मलेसिया पुगेर यी कलाकार हट फोटोसेसनमा मस्त छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4