+
+

पहिचानयुक्त संविधान बन्नेमा शंका : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १२:४७

७ फागुन, काठमाडौं । पहिचानसहितको संघीयता र संघीयता सहितको संविधान बनाउन सरकारलाई दवाव दिन भन्दै आन्दोलन घोषणा गरेका एमाओवादी अध्यक्ष प्रचण्डले त्यस्तो संविधान बन्नेमा भने शंका व्यक्त गरेका छन् ।

फाइल फोटो
फाइल फोटो

उनले जनपक्षीय र परिवर्तनकामी संविधान निर्माणका लागि आ-आफ्नो ठाउँबाट एकजुट भई खबरदारी गर्न सबैलाई अपिल गरेका छन् ।

‘पहिचानमा आधारित संविधान निर्माण गर्ने जनअपेक्षामा गम्भीर आशंका उत्पन्न भएको छ,’ शेर्पा समुदायले मनाउने नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा विहीबार शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन् ।

संविधान निर्माणको काम संगीन घडीमा पुगेको उनले बताएका छन् । उनले ‘जनपक्षीय, परिवर्तनकामी संविधान निर्माणका लागि आ-आफ्नो ठाउँबाट एकजुट भई खबरदारी गर्न’ आह्वान समेत गरेका छन् ।

धार्मिक आस्थाका साथसाथै सामाजिक सदभावका रुपमा समेत मनाइने ल्होसारले देशमा पहिचानसहितको संविधान निर्माण र समृद्धि स्थापना गर्ने प्रेरणा मिल्ने विश्वास प्रचण्डले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?