कहिले दोस्ती र कहिले दुस्मनीका खवरले शाहरुख र सलमान सधैभरि चर्चामा रहन्छन् । तर, पछिल्लोपटक उनीहरुवीच दुरी घट्दै गएको छ ।
शाहरुख सलमानकी बहिनी अर्पिताको बिबाहमा पुगे र दुवैले एकसाथ बहिनीलाई अंगालोमा लिएर चुम्बन गरेको दृष्य फैलियो ।
त्यसयता शाहरुख र सलमान एउटै फिल्ममा खेल्न सक्ने चर्चा चलिरहेको छ । सँगै स्क्रिन सेयर गर्ने साइत अहिलेसम्म नजुरे पनि यी दुवैजनासँग नजिक रहेकी एक निर्देशकले सानो पर्दामा भएपनि उनीहरुलाई सँगै राख्ने कोसिस गरेकी छिन् ।
निर्देशक फराह खानले यही साताबाट कलर्स टेलिभिजनमा खाना पकाउने कलासम्बन्धी रियालिटी सो संचालन गर्दैछिन् । जसमा सलमान र शाहरुखलाई सँगै देख्न सकिने सम्भावना छ ।
दुवैसँग निकट रहेकी फराहलाई हालै सोधियो- के दुवै खानलाई एकसाथ सोमा ल्याउने योजनामा हुनुहुन्छ ? उनले भनिन- त्यस्तो चाहना कसलाई नहोला र ? म पनि चाहान्छु त्यस्तो साइत जुरोस् ।’
फराहले चाहेजस्तै भयो भने दर्शकले सलमान खान र शाहरुख खानलाई एकसाथ पकाइरहेको अबस्थामा देख्न सकिने छ ।