+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

वैद्य फेरि पनि भूमिगत हुन तयार

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ९ गते ८:०१

९ फागुन, काठमाडौ । जीवनमा तीन पटक भूमिगत बनेका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ०२५ सालमा पहिलो पटक भूमिगत भएका थिए । २०२५ सालमा दाङको हसानापुर निम्न माध्यामिक विद्यालयको हेडमास्टरसमेत भएका वैद्य त्यतिबेलै प्रहरीले पार्टीको केही महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएपछि भूमिगत भएका थिए ।

Mohan baidhya kiranनेपालको दाङ, प्युठान, रोल्पा, सल्यान हुँदै बनारसमा भूमिगत जीवन विताएका उनी दोस्रो पटक ०३४ सालमा भूमिगत भएका थिए । दोस्रो पटक भूमिगत भएका वैद्य ०४६ सालको आन्दोलनपछि खुला भए ।  फेरि ०५२ सालदेखि जनयुद्ध थालेपछि उनले तेस्रो पटक भूमिगत जीवन विताएका थिए ।

भूमिगत कालका लुंगी बाँधेर हिड्ने वैद्य खोलो तर्दा दुई दुई पटकसम्म बगेर तल पुगेर निकै तल पुगेर उत्रिएको नयाँ पत्रिकासँगको कुराकानीमा स्मरण गरेका छन् ।

तेस्रो पटक भूमिगत हुँदा ०५२ देखि ०५५ सम्म काठमाडौमा बसेका उनलाई घरबेटीले ‘यो मान्छे एक नम्बरी धन्दा गर्ने हो कि, दुई नम्बरी धन्दा गर्ने हो’ भनेर आशंका गरेपछि तुरुन्तै डेरा सारेको सम्झिए ।

पञ्चायतकालमै पेस्तोल बोक्ने वैद्यले जनयुद्धअघि गोरखामा मोहन विक्रम र निर्मल लामासँगै फौजी तालिम लिएका थिए । तीन पटक भूमिगत हुँदा उनी चार पटक जेल परेका थिए । चौथो पटक भारतको सिलिगुढीबाट पक्राउ परेका प्रचण्ड र वैद्यबीच चिठी आदानप्रदान भएको वैद्य स्मरण गर्छन् । भूमिगत जीवनको लामो अभ्यास गरेका वैद्यले फेरि पनि भूमिगत जानुपरे पनि तयारै रहेको बताए । ‘यान्त्रिक ढंगले भूमिगत हुने कुरा त भएन, क्रान्तिको आवश्यकता अनुसार भूमिगत हुनुपर्यो भने भइन्छ,’ वैद्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?