मुम्बई । अभिनेत्री प्रियंका चोपडाको बिहेको टुंगो लागिसकेको छैन् । न त उनले आफ्नो प्रेमी नै सार्वजनिक गरेकी छिन् । तर, उनले आफु यही बर्षभित्रै आमा बन्न सक्ने दावी गरेकी छिन् ।
पछिल्ला बर्षहरुमा लगातार सफलता हात पार्दै आएकी यी हिरोइन निकै कम आराम गर्छिन् । बढिभन्दा बढि फिल्म खेल्नु र सफलताको सिंढी चढ्नु उनको प्राथमिकता हो । लाग्छ, उनी आफ्नो करियरका उत्तरार्द्धमा सकेजति काम गर्न चाहान्छिन् ।
यसै मेलोमा फिल्मफेयर म्यागेजिनले उनलाई सोध्यो- तपाईँ कहिले आराम लिनुहुन्छ ? प्रियंकाले जवाफ दिइन- सायद बच्चा जन्मिएपछि ।’
वार्ताकार सोध्छन- तर, तपाईको बच्चा हुने कुरा त निकै टाढाको बिषय भयो नी ! प्रियंका भन्छिन- किन टाढा हुनु ? म यसै बर्षभित्र पनि आमा बन्न सक्छु ।’
तर, उनले बिबाह नै नगरी यसै बर्षभित्र आमा बन्न कसरी सम्भव छ भन्ने खुलाइनन् ।
फिल्मफेयरको फेब्रअरी अंकमा कभर गर्लका रुपमा प्रस्तुत भएकी प्रियंकाले आफ्नो जीवनका अन्य केही अन्तरङ्ग तथ्यहरुको पनि खुलासा गरेकी छिन् ।