+
+
Shares

सरकार परिवर्तन होइन, विस्तार हुन सक्छ : नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ९ गते १७:२९

९ फागुन, कैलाली । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार परिवर्तनको कुनै सम्भावना नभएको बताएका छन् ।

Madhav-Nepalगेटा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता नेपालले सरकार विस्तार भने हुनसक्ने बताए ।

उनले आफूले एनेकपा—माओवादीसहितको मोर्चाका नेताहरुसँग छलफल गर्दा सहमतिका लागि सकारात्मक सङ्केत देखापरेको भन्दै विपक्षीसँग सहमतिको सम्भावना बढ्दै गएको बताए ।

आफूले एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरुसँग छलफल गरेको उनले जानकारी दिए । छलफलका क्रममा मोर्चाका नेताहरु वार्तामा बस्न सकारात्मक भएकाले वार्तामा बसेपछि हाल देखिएका मतभिन्नता छलफलका माध्यमबाट हल हुने नेता नेपालले बताए ।

‘कांग्रेस र एमाले छिटोभन्दा छिटो संविधान जारी गर्ने पक्षमा रहेका छन् । सकिन्छ भने सहमतिका आधारमा संविधान जारी गर्ने, त्यसो नभए विमति राखेर भए पनि संविधान जारी गरिनेछ-नेता नेपालले भने ।

संविधान जारी गर्दा यसअघि सहमति भएका मूल भावना गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता सवालमा ध्यान दिइने नेता नेपालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?