Comments Add Comment

ओस्कारमा एडी रेडमेन र जूलियन मूर उत्कृष्ट

Aedi-Muur

बैज्ञानिक स्टीफन हकिङ्ग्सको जीवनीमा बनेको फिल्म ‘द थ्योरी अफ एभरीथिङ’ का लागि एडी रेडमेनले ओस्कारमा सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेका छन् ।

जूलियन मूरले ‘स्टिल एलिस’मा आफ्नो दमदार भूमिकाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जितेकी छन् । फिल्ममा उनले डाक्टर एलिसको भूमिका निभाएकी छिन्, जो अल्जाइमरको विरामी हुन् ।

एलाहान्द्रो गोन्जालेज इनयारिटूले बर्डम्यानका लागि सर्वश्रेष्ठ निर्देशकको अवार्ड जितेका छन् । उनको फिल्मले ब्वाइहुड, फ्क्सक्याचर, द ग्राण्ड बुडापेष्ट होटल र द इमिनेशन गेमलाई पछि पारेको छ ।

ब्वाइहुडका लागि पेट्रिशिष आर्केटले उत्कृष्ट सह अभिनेत्रीको ओस्कार अवार्ड जिाकेका छन् । फिल्ममा उनले एकल आमाको भूमिका निभाएकी छिन्, जसको दुई बच्चा छ ।

सहअभिनेतामा जेके सिमोन्स विजेता बने । उनले फिल्म व्हिपलेशका लागि यो अवार्ड जितेका हुन् ।

ओस्कारमा सर्वश्रेष्ठ एनिमेटेड फिल्म अवार्ड बिग हिरो ६ घोषित भएको छ । फिल्म हिरो हमाडा नामक एक बच्चा हो, जसले आफ्नो रोबाट साथीसँग मिलेर हाइटेक सत्रुसँग लड्छ ।

विदेशी फिल्ममा इडाले उत्कृष्ट घोषित भयो । फिल्ममा पावेलले सन् १९६० को दशकमा पोल्याण्डमा एना नामकी एक ननको चरित्र निभाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment