११ फागुन काठमाडौं । सरोकारवालाहरुले सहकारीमा राजनीतिक हस्तक्षेप आवश्यक नभएको बताएका छन् । काठमाडौं जिल्ला सहकारी संघको फागुन १५ हुने चुनावमा सहकारीकर्मीबीच सहमतीको प्रयास गर्ने र सहमती नभए चुनाव हुने सहकारीकर्मीका अगुवाहरुले बताए ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजनामा भएको ‘काठमाडौं जिल्लाको अबको नेतृत्व’ विषयक सहकारी डबलीको ११ औं श्रृंखलामा बोल्ने वक्ताहरुले सहमतीको प्रयास जारी राख्ने र सहमती नभए प्यानल बनाएर चुनावी मैदानमा उत्रने उदघोष गरे ।
अहिले नेशनल को-अपरेटर्स एलाईन्स सम्बद्व र स्वतन्त्र सहकारीकर्मीहरु प्यालनको अन्तिम विन्दुमा पुगिसकेका छन् भने वाममन्थी सहकारीकर्मीहरु सहमतीको प्रयास असफल भए मंगलबार दिउँसो १ बजे प्यालन घोषणा गरी चुनावी मैदानमा उत्रने घोषणा गरे ।
कार्यक्रममा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष केबी उप्रेतीले सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व चयन गनुपर्नेमा जोड दिए । सहकारीमा राजनीतिक हस्तक्षेपभन्दा पनि सहकारीका अगुवाबीच सहमती गरेर नयाँ नेतृत्व चयन गरिने उनले आग्रह गरे ।
‘हामी सहकारीकर्मीबीच सहमती गरेर नयाँ नेतृत्व निर्माण गर्न सकिन्छ, हामी भन्दा माथि जान आवश्यक छैन्’ उप्रेतीले भने- ‘म रहे पनि नरहेपनि सहमती अहिलेको आवश्यकता हो, त्यसका लागि सबै तयार हुनुपर्छ ।’
नेशनल कोअपरेटर्स एलाईन्सका काठमाडौं जिल्ला अध्यक्ष केदार मानन्धरले सहकारीका विभिन्न निकायमा राजनीतिकरण भएको स्वीकार गरे । ‘राजनीतिको भागबण्डा हुदाँ सहकारीका व्यक्ति छान्न कठिन हुन्छ, त्यसो हुनु हुदैँन’ उनले भने । जिल्ला संघमा पार्टीको वरीपरीमात्र घुम्ने र सहकारीको लागि केही नगर्ने नेतृत्व आए सहकारी तहसनहस हुन सक्ने बताए ।
काठमाडौं जिल्ला सहकारी संघका उपाध्यक्ष गोविन्द शर्मा पौडेलले उचित निर्णय लिएर नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिए । सहमती भएन भने प्रजातान्त्रिक ढंगले चुनाव हुने र नयाँ नेतृत्व चयन हुने बताए । नमूना संघको रुपमा अघि बढाउन सर्वसम्मत नेतृत्व निर्माण हुनुपर्नेमा उनले जोड दिए ।
काठमाडौं जिल्ला सहकारी संघका कोषाध्यक्ष परितोष पौडेलले मंगलबार बिहानसम्म सहमतीको वातावरण नभए आफूहरुले मंगलबार दिउँसो प्यानल घोषणा गरेर चुनावी मैदानमा जाने बताए । १० वर्षको अवधिमा उपलब्धी धेरै भएपनि अबको चुनौती सामाना गर्न सक्ने नेेतृत्वको खाँचो रहेको उनको भनाई छ ।
पौडेललेे सर्वसम्मत गर्ने तयारी असफल हुँदै गएको खुलासा गरे । ‘लचकता हुदाँहुदै सर्वसम्मतीको भावना छिन्नभिन्न हुदैंछ, अब त्यसतर्फ ध्यान पुगेन भने प्यानल बनाएर अघि बढ्छौं’ उनले भने ।
प्रतिक्रिया 4