+
+
Shares

वैज्ञानिकले बनाए नर्स रोबोट, जसले गर्नेछ बिरामीको स्याहार

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १२ गते २०:१४

robart-nurs

मानिसको जस्तै विवेक भएका रोबोटजन्य प्रविधिको विकाशले भविष्यमा मानिसकै अस्तित्व संकटमा पर्ने र मानवीय सभ्यता नै जोखिममा पर्ने भनि कतिपयले वैज्ञानिकहरुले चेतावनी दिइरहेका छन् । तर जापानले रोबोट निर्माणमा गरिरहेको प्रगति भने निकै लोभलाग्दो मात्र छैन रोचक पनि छ । समाचारवाचिका रोबोट बनाएर केही समयअघि तहल्का मच्चाएको जापानले फेरि नर्स रोबोट निर्माण गरेर अर्को किर्तिमान बनाएको छ ।

पोलार भालुको जिउजस्तै आकारको यो रोबोट देख्नमा सुन्दर मात्रै छैन यसले धेरै वजन भएका विरामीलाई समेत उठबस गराउन सक्छ ।

रोबियर नाम दिइएको उक्त रोबोटको अनुहार छाउराको जस्तै छ । तर यो निकै बलशाली पाखुराले युक्त छ । यसले ८० किलोसम्मका बिरामीलाई हि्वलचेयर वा भुइँबाट उठाएर सम्बन्धित ठाउँमा राख्न सक्छ ।

roburt-nurs-2

झण्डै डेढ क्विन्टल तौल भएको यो रोबोटलाई नागोया जापानमा रहेको रिकेन एसआरके कोलाबोरेसन सेन्टर फर ह्युमन इन्टेर्याक्टिभ रोबोट रिसर्च नाम संस्थाले बनाएको हो ।

यो रोबोटमा टर्क सेन्सर तथा स्मार्ट रबर ट्याक्टाइल सेन्सर राखिएको छ जसले विरामीको तौलको जाँच गरी त्यसलाई उठाउन कति बल लगाउनुपर्ने भन्ने कुरा निधो गरेर सोही बमोजिमको बल लगाई बिरामी उठाउने मात्र होइन रोबोट आफैलाई समेत विस्तारै चाल चल्नको लागि सहयोग गर्छ ।

बुढापाकाहरुको संख्या बढ्दै गएको जापानमा कामकाजी तन्नेरी मानिसहरुको कमी हुँदै गएपछि दैनिक घरायासी कामका साथै अस्पताल वा घरमै समेत वृद्धवृद्धा र विरामीहरुको स्याहार गर्ने मेसिनहरुको निर्माण तिब्र बन्दै गएको छ ।

भिडियो

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?