Comments Add Comment

आफ्नै चलचित्र हेरेर रोइन् नायिका, कस्तो छ आलोकको अन्तिम कोशेली (फोटो फिचरसहित)?

puja suraxya puspa
शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अझै पनि’को मंगलबार काठमाण्डौको बीग सिनेमामा भव्य पि्रमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो ।

निर्देशक आलोक नेम्वाङको अन्तिम कोशेली भएका कारण पनि चलचित्रकर्मी र पत्रकारका लागि यो चलचित्र विशेष बनेको थियो । कार्यक्रममा ‘ट्रष्ट आलोक’को नामबाट पहिलो पटक संगीतकार तथा प्रथम म्यूजिक भिडियो निर्देशक शम्भुजित बास्कोटालाई सम्मानित गरियो ।
ajai pani team

priyanka keki and namrata
आलोककी आमा र निर्मात्री पूनम गौतमले शम्भुजितलाई सम्मानित गरेका थिए । सम्मानित भएपछि निर्देशक शम्भुजित बास्कोटाले काम गरेपछि पक्कै पनि त्यसको कदर हुन्छ भन्ने आफूलाई लागेको बताए । नेपालमा पहिलो म्यूजिक भिडियो बनाउने निर्देशक संगीतकार शम्भुजित बास्कोटा हुन् ।
ajai pani ko team
चलचित्र ‘अझै पनि’ हेरेपछि नायक भूवन केसीले प्रशंसा गरे । उनले चलचित्रका कलाकार र निर्देशकको कामको प्रशंसा गरेका हुन् । चलचित्र हेर्ने सबैजसो पत्रकार र कलाकारले यसको प्रस्तुतीलाई उत्कृष्ट भनेका छन् ।

एक नारीका लागि सिन्दुर र पोतेको महत्व कती हुन्छ भन्ने कथालाई चलचित्रले देखाएको छ । चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विपना धिमाल, विशाल ढुंगाना लगायतका कलाकारको मुख्य भूमिका छ ।

पूर्णतया नेपालीपन झल्कने यो चलचित्र हेर्दा यसकी नव-नायिका सुरक्षा पन्त रोइन् । आफ्नै दृश्यमा उनी रुदै गर्दा अन्य चलचित्रकर्मीको आँखाबाट पनि आशु रसाए । फागुन १५ अर्थात शुक्रबारबाट चल्ने यो चलचित्रलाई निर्मात्री पूनम गौतम पूर्णतया नारीप्रधान भन्छिन् । चलचित्रमा पूनम र सुदर्शन थापाको लगानी छ । ajai pani premier

bhuwan kc with team

तस्बिर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment