१३ फागुन, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समितिको चौथो बैठक करिब डेढ घन्टापछि सुरु भएको थियो ।
बैठकमा पार्टीको अनुशासन समितिको निर्णयमा परेका पुनरावेदन, भ्रातृ संस्थाहरूको केन्द्रीय महाधिवेशन, संविधान निर्माण र दलहरूको बीचमा भइरहेको वार्ता लगायत विषयमा छलफल भैरहेको बताइएको छ ।
यसअघि गत सोमबार बसेको तेस्रो केन्द्रीय समिति बैठकले बैठकमा बोल्ने अधिकांश पदाधिकारी तथा केन्द्रीय सदस्यले सहमतिमा संविधान जारी गर्न विभिन्न दलसँग भएका वार्ता र संवादका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4