Comments Add Comment

सरकारी उद्योग निजीकरणको विरोधमा एमाले युवा सडकमा

Protest-Against-Gov-industry-Pravataization

१३ फागुन, काठमाडौं । सरकारले आधा दर्जन सरकारी उद्योगहरु निजीकरण गर्न लागेको विरोधमा बुधबार राजधानीमा एमालेसमर्थित अनेरास्ववियु र युवा संघले विरोध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु र युवा संघको संयुक्त आयोजनामा रत्नराज्य क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा युवा संघ उपाध्यक्ष दिलु पन्त, सचिवहरु नरेश शाही, हस्त शाही, अनेरास्ववियु उपाध्यक्ष थोमस बास्तोला, सचिवहरु भक्तकुमारी लामा र अब्दुल हुसैन खाँ लगायतको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै नेताहरुले हाल बन्द भएका उद्योगहरु तत्काल सरकारले सञ्चालन गरी युवाहरुलाई रोजगारी दिन माग गरे । अर्थमन्त्री डा. रामशरण महत र आफ्नै पार्टीका उद्योग महेश बस्नेतले सरकारी उद्योग निजीकरणको गर्द लागेको भन्दै एमाले कार्यकर्ताले विरोध जनाएका छन् ।

सरकारले निजीकरणको उक्त कदम फिर्ता नलिए सम्बिन्धत मन्त्रीको राजीनामा समेत माग गर्ने उनीहरुले बताए । ‘सरकारले औषधि लिमिटेड, र वीरगञ्ज चिनी कारखानालगायत सहज नाफा कमाउन सक्ने ६ वटा उद्योगहरु निजी कम्पनीलाई बेच्छ भने यो सरकारले देश चहि कसरी चलाउँछ, अनेरास्ववियुका सचिवालय सदस्य गौतम राईले भने ।

प्रदर्शनपछि भएको कोणसभाको सञ्चालन युवा संघ काठमाडौंकां अध्यक्ष नितेश आचार्यले गरेका थिए ।

अर्थमन्त्री डा. रामशरण महतले सार्वजनिक गरेको बजेटको अर्धवाषिर्क समीक्षा सम्बन्त्री प्रतिवेदनको ६८ औं पृष्ठमा ६ वटा सरकारी उद्योगहरु निजीकरण गर्ने गृहकार्य भइरहेको उल्लेख छ । साथै दुईवटा सार्वजनिक संस्थान खारेज गर्ने सरकारले तयारी गरेको अर्थमन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

आधा दर्जन सरकारी उद्योग बेच्ने अर्थमन्त्रीको योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment