+
+
Shares

चितवनमा पुष्प ब्यवसाय परामर्श केन्द्रको स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १४ गते १८:२०

Fan-1१४ फागुन, काठमाडौं  । कृषि बिकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एशोसिएशन नेपालले चितवन जिल्ला र यस वरपर रहेका जिल्लाहरुलाई समेत समेट्ने गरि पुष्प ब्यबस्य परामर्श केन्द्रको स्थापना गरेको छ । परामर्श केन्द्रको उदघाटन जिल्ला कृषि बिकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले गरे ।

चितवन जिल्ला र यस वरपर रहेको जिल्लाहरुमा पुष्प ब्यबसमयको बिकास, बिस्तार र प्रबर्द्वन गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए ।

काठमाडौं र पोखरा पछिको ठूलो पुष्पजन्य उत्पादन तथा बिक्री हुने मुख्य स्थान भएकोले यस क्षेत्रमा खुलेको केन्द्रबाट धेरैभन्दा धेरै ब्यबशायीहरुले फाइदा लिनसक्ने फ्यानका कोषाध्यक्ष मिनबहादुर तामाङले बताए ।

कृषि बिकास मन्त्रालयको सहयोगमा चितबनको भरतपुरमा जिल्लाका सरोकारवालाहरुसँग समन्वय बैठक बसेको थियो । जिल्लामा पुष्प ब्यबसायका समस्या तथा केन्द्रले गर्नुपर्ने सहयोग लगायतका बिषमा छलफल भएको थियो । २० भन्दा बढी नर्सरी तथा पुष्प ब्यबसयमा आबद्ध ब्यबशायीहरुले आफ्ना समस्याका बारे सरोकारवालाहरुलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?