Comments Add Comment

कोरियामा नेपालीका ९ हजार गुनासा

korea-2
१५ फागुन, काठमाडौं । दक्षिण कोरियाको आन्सानस्थित मानव संसाधन विकास संस्था (एचआरडी) अन्तर्गत ईपीएस कामदार परामर्श केन्द्रमा नेपालीका वाषिर्क हजारौ गुनासा दर्ता हुने गरेका छन् । सन् २०१४ मा मात्रै नेपालीले ९ हजारभन्दा बढी गुनासा टिपाएका छन् ।

केन्द्रमा आप्रवासी कामदार र कोरियाली साहुबीच हुने श्रम, ज्याला, सेवा, सुविधा र अन्य विविध विषयमा गुनासा दर्ता हुन्छन् । त्यहाँ कार्यरत प्रवासी र परामर्शदाताहरुलाई कामदार, कम्पनी सञ्चालक र रोजगार केन्द्रबाट आउने फोन उठाएर समस्या सुन्न र समाधानका उपाय बताउन सँधैजसो भ्याइनभ्याइ हुने गरेको कारोबारमा खबर छ । त्यस्तै परामर्श दिनेमा एकजना नेपाली पनि छन् । उनी हुन्-श्याम खड्का ।

‘कोरियन रोजगारदाता र रोजगार केन्द्रबाट आउने समस्या कामदारलाई सुनाउने र कामदार आउने गुनासा मालिकलाई सुनाएर कुरा मिलाउँदा आनन्द लाग्छ,’ उनी भन्छन् ।

श्रम मन्त्रालयअन्तर्गत आप्रवासी कामदार र रोजगरादाताबीच आइपर्ने विभिन्न समस्या सुनन् र समाधानको प्रयास गर्न केन्द्र स्थापना भएको हो । यहाँ ईपीएस (रोजगार अनुमति प्रणाली) मार्फत कोरिया आएका नेपाली र रोजगारदाताका मात्रै दैनिक एक सय ८० वटासम्म फोन आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment