१५ फागुन काठमाडौं । शुक्रबार बसेको आर्थिक पूर्वाधार समितिले नयाँ विदेशी लगानी नीति पारित गरेको छ । नयाँ नीतिले २२ वर्ष पुरानो नीति, विदेशी लगानी र एकद्वार नीति, २०४९ लाई विस्थापित गर्ने छ ।
उद्योगमन्त्री महेश बस्नेतले नेपालको औैद्योगिक क्रान्तिको जग बसाल्नुका साथै नेपालमा विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याइएको बताए ।
मन्त्री बस्नेतले विशेषगरी विशेष आर्थिक क्षेत्र ९सेज० प्रति विदेशी उद्योगी तथा व्यापारीहरुको आकर्षण बढाउन वैदेशिक लगानी नीति ल्याइएको
उल्लेख गरे । उनले नेपालमा विदेश लगानी सहजरुपमा भित्र्याउन नयाँ नीतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘निकै समयदेखि विदेशी लगानीकर्ता र नीजी क्षेत्रले नयाँ विदेशी नीतिको माग गरेको अवस्था थियो । अहिले उद्योगमन्त्रालयमा नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताको चाप र विदेशी लगानी उभिवृद्धि गर्नुपर्छ भन्ने मन्त्रालयको मान्यताका कारण नयाँ नीतिले तिव्रता पाएको हो’बस्नेतले भने ।
प्रतिक्रिया 4