Comments Add Comment

सरकार र ३० दलवीच शनिबार बालुवाटारमा वार्ता हुने

२२ फागुन, काठमाडौं । लामो समयको सम्वादहीनतालाई चिर्दै  सत्तापक्ष र प्रतिपक्षी दलहरु औपचारिक वार्तामा बस्न सहमत भएका छन् । शनिबार बिहान ९ बजे बालुवाटारमा सरकार र ३० दलीय मोर्चावीच औपचारिक वार्ता हुने भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच शुक्रबार भएको छलफलपछि औपचारिक वार्ताको तिथि तय भएको हो ।

‘शनिबार बिहान बालुवाटारमा ३० दल र सत्तापक्षका दलहरुवीच वार्ताको मिति तय भएको छ,’ एमाओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने, सकारारत्मक वातावरण बनेकाले भोलि औपचारिक वार्तामा बस्ने सहमति भएको हो ।

यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले औपचारिक वार्तामा बस्ने निर्णय भएपछि वार्ताको एजेन्डाका विषयमा मोर्चाभित्र अनौपचारिक छलफल गर्ने गृहकार्य सुरु गरेका छन् ।

औपचारिक वार्ताका लागि ३० दलीय मोर्चाको विहीबारको बैठकले प्रचण्डलाई म्यान्डेट दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment