Comments Add Comment

अढाइ घण्टामा सकियाे बालुवाटार वार्ता

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ९ बजेदेखि सुरू भएकाे वार्ता अढाइ घण्टामा सकिएकाे छ । पुनः अर्काे वार्ता गर्ने सहमतिका साथ नेताहरू छुट्टिएका छन् ।

दलहरूवीच अनाैपचारिक छलफलपछि शनिबार साँझ पुनः वार्ता हुन सक्ने संघीय लिम्बुवान पार्टीका कुमार लिङदेनले अनलाइनखबरलार्इ बताए । अर्काे वार्ताकाे तिथिमिति ताेक्ने जिम्मा प्रचण्ड र सुशील काेइरालालार्इ दिइएकाे छ ।

सहमति निकाल्ने जिम्मा चार नेतालाई
बालुवाटारमा भएको छलफलले सहमतिको आधार तयार पार्ने जिम्मा प्रमुख ४ दलका ४ नेतालाई दिएको छ । प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र मधेसी मोर्चाका विजयकुमार गच्छदारले आपसमा बसेर सहमतिको विन्दु खोज्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

‘आज विषयवस्तुमा प्रवेश नगरिए पनि  सबै नेताले सहमतिमै संविधान बनाउने प्रतिवद्धता जनाए,’ वार्तामा सहभागी एक नेताले अनलाइनखबरसँग भने,’यो वार्तालाई निरन्तरता दिने र ३/४ दिनभित्र निश्कर्षसहितको औपचारिक वार्ता गर्ने सहमति भएको छ ।’

शनिबार बिहान ९ बजेदेखि बस्ने भनिएको वार्तामा एमाले अध्यक्ष केपी ओली १० बजिसक्दा पनि उपस्थित भएनन् । एमाले उपाध्यक्ष वामदेव गौतमले ओली विरामी भएको जानकारी गराएपछि वार्ता सुरु भएको थियाे ।

बालुवाटार बैठकमा नेताहरु । फाइल तस्वीर : रासस
बालुवाटार बैठकमा नेताहरु । फाइल तस्वीर : रासस

वार्ताको प्रारम्भमा प्रधानमन्त्री सुशील कोइरालाले बोलेका थिए । प्रधानमन्त्री कोइरालाले सहमतिमै संविधान बनाउने भन्दै सबैलाई मिल्न आह्वान गरेका थिए ।

प्रधानमन्त्रीले संक्षिप्तमा आफ्ना कुरा राखिसकेपछि विपक्षी मोर्चाका तर्फबाट एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना कुरा राखेका थिए ।

बैठकस्थलबाट अनलाइनखबरलाई प्राप्त सूचना अनुसार प्रचण्डले शासकीय स्वरुपमा लचिलो भएको जानकारी दिँदै संघीयतामा स्पष्ट सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

प्रचण्डपछि एमाले उपाध्यक्ष वामदेव गौतमले बोलेका छन् । उपप्रधानमन्त्री समेत रहेका गौतमले आफूहरु आन्दालनेदेखि डराएर वार्तामा आएको हैन भन्दै यो वार्तालाई जारी राख्नुपर्ने बताए ।

वामदेवपछि बोलेका गच्छदारले यो वार्ताबाट प्रधानमन्त्री भन्दा पनि आफू बढ्ता खुशी भएको बताए । उनले दुबै पक्षमा लडाइँ नहोस् भन्ने कामना गरे ।

को-को थिए वार्तामा ?

वार्तामा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु थिए। कांग्रेसका तर्फबाट सुशील कोइराला, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला छन् । शेरबहादुर देउवा भने सवा १० बजेमात्रै पुगेका थिए।

वार्तामा एमालेका तर्फबाट वामदेव गौतम र ईश्वर पोखरेल थिए । केपी ओली र विद्या भण्डारी अनुपस्थित भए । माधव नेपाल पनि वार्तामा थिएनन् ।

एमाओवादीका तर्फबाट प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका छन् । डा. भट्टराई बुटवलबाट ढीलो गरी आइपुगेका छन् । उनी पौने ११ बजे बैठकस्थलमा प्रवेश गरे ।

वार्तामा ३० दलीय मोर्चाका तर्फबाट विजय गच्छदारका साथै तमलोपाका महन्थ ठाकुर, महेन्द्र यादव संघीय समाजवादीका अशोक राई, संघीय लिम्बुवान पार्टीका कुमार लिङदेन र थरुहट तराई पार्टीका भानुराम थारु लगायतको सहभागिता थियाे ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतो बालुवाटार गएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment