+
+

अवैध सुन तस्करीमा व्यापारीकै संलग्नता

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २५ गते १६:०४

२५ फागुन, काठमाडौं । व्यवसायीकै संलग्नतामा संगठित रुपमा सुनचाँदी चोरी पैठारी हुने गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सुनचाँदी चोरी पैठारीमा संलग्न न्यूरोडको द युनाइटेड गोल्डमार्कका संचालक आकाश कुमार बज्राचार्यसहितको गिरोहलाई पक्राउ गरेको छ ।

Balkrishna,-Aakash-and-Sawa

गत पुस २६ गते प्रहरीले सानोठिमीका प्रविण तिमल्सिना र दुवाकोटका देउता तिमल्सिनाको घरमा छापा मार्दा २-२ केजी अवैध सुनसहित ६ जनालाई पक्रेको थियो । ७ जनाको समूहले खासाबाट ७ किलो सुन ल्याएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

बरामद सुन ईलाम घर भई भोटेबहाल बस्ने विक्की भन्ने बालकृष्ण अग्रवाल तथा सावरमल जोधानीको भएको खुलेको छ । एक केजी सुन भने युनाइटेड गोल्डमार्कका संचालक आकाशकुमार बज्राचार्यको भएको र मोहन चौधरीले पुस २४ गते पसलमा गइ दिएको भन्ने खुल्न आएको छ ।

प्रहरीले गत माघ चौथो साता सुन चाँदीको अवैध कारोबार हुने स्थानहरुमा खानतलासी गरेको थियो । जसमा ४ वटा पसल तथा व्यक्तिहरुबाट शंकास्पद अवस्था ५ किलो बढी सुन, ५६ किलो काँचो चाँदी र स्रोत नखुलेको ४ करोड ७४ लाख ६२ हजार नगद बरामद भएको थियो । १ लाख ९९ हजार भारु र ४ हजार ६ सय युआन समेत बरामद भएको प्रहरीले जनाएको छ ।

शंकास्पद सुन र नगदसहित प्रहरीले आकाशकुमार बज्राचार्यसँगै बालु जगन्नाथ धाङ्गे, नरेश अग्रवाल र रमेश खड्कालाई पक्राउ गरेको थियो । उनीहरुलाई भन्सार चोरी पैठारी तथा सम्पत्ति शुद्धीकरणमा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।

सुन तथा चाँदीको चोरी पैठारीमा संलग्न बिक्की भन्ने बालकृष्ण अग्रवाल र विशाल चौधरीलाई पनि पक्राउ गरी राजश्वमा पठाइएको महाशाखाले जनाएको छ ।

संगठित रुपमा चीनबाट सुन तथा चाँदीको चोरी पैठारी गरेको भन्दै अपराध महाशाखाले संगठित अपराध निवारण ऐन २०७० बमोजिम आवश्यक अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

गिरोहका १४ जनामध्ये ५ अभियुक्त फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?