Comments Add Comment

सावधान ! धेरै अदुवा खानु हानिकारक हुन्छ

jinger

अदुवाको सेवन हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले कतिपय पेटका रोगबाट छुटकारा दिलाउँछ । तर आवश्यकता भन्दा बढि अदुवा खानाले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पूराउने कुरा हामीलाई थाहा नहुन सक्छ । विज्ञहरुका अनुसार धेरै अदुवाको सेवनले मानिसमा विभिन्न खाले स्वास्थ्य समस्या सिर्जना गर्दछ ।

गर्भावस्थाको समयमा महिलाले धेरै अदुवा सेवन गर्नाले पाठेघरमा विकशित भैरहेको भ्रुणको सेक्स हर्मोनमा असर पूराउँछ । निकै धेरै अदुवा खानाले गर्भपातको जोखिम समेत हुने बताइन्छ । साथै बढि अदुवा खानाले गर्भवती महिलामा सुत्केरी हुने समयमा धेरै रगत बग्ने जोखिम निम्त्याउन सक्ने विज्ञहरु बताउँछन् ।

यद्यपि गर्भवती महिलाले थोरै मात्रामा अदुवा चपाउनु फाइदाजनक नै हुन्छ र यसले बिहानीपख हुने वाकवाकी रोक्न मद्दत गर्दछ । तर सुत्केरी हुने समय नजिकिएपछि गर्भवती महिलाले अदुवाको सेवन नगर्नु नै राम्रो हुने विज्ञहरुको सल्लाह छ ।

अदुवामा हुने तत्वले रगत जम्ने अर्थात् ब्लड क्लटिङको क्रियालाई धीमा बनाइदिन्छ । साथै यसले रगतमा ग्लुकोजको मात्रालाई समेत कम गरिदिन्छ । औषधि सेवन गरिरहेका मधुमेहका रोगीले अदुवाको सेवन गर्नु लाभदायक मानिँदैन । अदुवाले उनीहरुको रगतको ग्लुकोजको मात्रा अस्वभाविक रुपमा निकै कम गरिदिने खतरा हुन्छ ।

धेरै अदुवाको सेवन गर्नाले मानिसमा अनिद्राको समस्या समेत उत्पन्न हुनसक्छ । महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका महिलाहरुले तरकारी वा अचारमा अदुवाको मात्रा घटाउनु आवश्यक हुन्छ । धेरै अदुवाको सेवनले सरीरमा अम्लपनाको मात्रा समेत बढ्ने बताइन्छ ।

अदुवाको सन्तुलित मात्रा भने सरीरका लागि लाभदायक नै हुन्छ । विज्ञहरुका अनुसार दैनिक २ ग्राम जति अदुवा खानु स्वास्थ्यका लागि सुरक्षित तथा लाभदायक हुन्छ ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment