Comments Add Comment

जियोनीले ल्यायो नयाँ स्मार्टफोन, यस्ता छन् सुविधाहरू

Gionee-Elife-S7-final-2
चिनियाँ स्मार्टफोन निर्माता जियोनीले बार्सिलोनामा आयोजित मोबाइल वल्र्ड कंग्रेसमा शक्तिशाली फोन इलाइफ एस सेभेन सार्वजनिक गरेको छ ।

नेपाली बजारमा यो स्मार्टफोन आउँदो एप्रल महिनामा आउँदैछ । यसमा ५.२ इन्चको एमोलेड स्क्रिन रहेको छ । जसमा मल्टीटच सिष्टम रहेको छ भने स्क्रयाच नहोस भनेर कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।

स्मार्टफोनको सबैभन्दा आकर्षक पक्ष भनेको यसमा रहेको क्यामेरा हो । यसको पछाडि १३ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । ४१२८×३०९६ पिक्सेल, अटोफोकस, एलइडी फ्लास भएको यस क्यामेराले मधुरो प्रकाशमा पनि उत्कृष्ट फोटो खिच्न सक्छ ।

Gionee-Elife-S7-final

यसको क्यामेरामा फेस डिटेक्सन, टच फोकस लगायतका सुविधाहरु हुनुका साथै पानारोमा तस्विर समेत खिच्न सकिन्छ ।

पछिल्लो समय बढ्दै गएको सेल्फी कल्चरलाई मध्यनजर गर्दै यसमा अगाडि ८ मेगापिक्सेल क्यामेरा राखिएको छ । जसले सेल्फीमा रमाउने पुस्तालाई उत्कृष्ट फोटो दिने छ ।

फोटो खिचिसकेपछि फोकस मिलाउन मिल्ने र ‘संकेत नियन्त्रण’ को माध्यमबाट सेल्फी खिच्न मिल्ने विशेषताहरु यसका क्यामरामा रहेका छन् ।

स्मार्टफोनमा एन्ड्रोइड ओएस ५.० लोलिपप अपरेटिङ सिष्टम रहेको छ भने अक्टाकोर १.७ गीगाहर्ज कोर्टेक्स ए-५३ सिपियु रहेको छ । यसमा १६ जीबी इन्टरनल मेमोरी र २ जीबी र्‍याम रहेको छ ।

Gionee-Elife-S7-final-3

स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न मिल्छ । एस सेभेन सबैभन्दा पातलो भइकन पनि अत्यन्तै तेज र स्टाइलिस रहेको बताइएको छ । यसको तौल १२६.५ ग्राम रहेको छ । कम्पनीले यसलाई अहिलेसम्मकै सबभन्दा शक्तिशाली फोन भनेर दाबी गरिरहेको छ ।

एउटा सिङ्गो हाउजिङमा आउने यो स्मार्टफोन डिजाइनमा आकर्षक छ । छेउछेउमा गहिरिएको डिजाइनले यसलाई अंग्रेजी अक्षर यू आकार दिएको छ, जसले गर्दा फोनलाई हातमा लिन सजिलो हुनेछ ।

स्मार्टफोनमा २७५० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको हुँदा लामो समय चलाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment